चितवन, १४ मंसिर । नेकपा एमालेको चितवनमा सम्पन्न दशौं महाधिवेशनको निर्वाचनमा पदाधिकारीहरुले पाएको मत सार्वजनिक भएको छ ।
स्रोतका अनुसार अध्यक्षमा केपी ओलीले १८४० मत पाएर विजयी भएका छन् ।
अध्यक्षका उपबिजयी भीम रावलले २२३ मत पाएका छन् । अध्यक्ष पदमा ३३ जना मतदाताले ‘नो भोट’ गरेका छन् ।
उपाध्यक्ष पदमा बिजयी अष्टलक्ष्मी शाक्यले सबैभन्दा बढी १९७६ मत पाएकी छन् ।
उपाध्यक्ष पदमा बिजयी सुरेन्द्र पाण्डेले १९२५, सुवासचन्द्र नेम्वाङले १८६५ मत, विष्णु पौडेलले १८५६ मत, युवराज ज्ञवालीले १८४२ मत र रामबहादुर थापा बादलले १८४२ मत प्राप्त गरेका छन् ।
उपाध्यक्ष पदमा उपबिजयी बनेका बैचारिक नेता घनश्याम भुसालले ७२५ मत मात्र प्राप्त गरेका छन् ।
सचिव पदमा गोकर्ण बिष्ट सर्वाधिक १९७६ मत पाएर बिजयी बनेका छन् ।
सचिवमा योगेश भट्टराई १९६४ मत, पद्मा अर्यालले १८०० मत, छविलाल विश्वकर्माले १८०० मत, लेखराज भट्टले १७०४ मत, टोपबहादुर रायमाझीले १७०० मत र रघुबीर महासेठ १५१३ मत प्राप्त गरी बिजय प्राप्त गरेका छन् ।
सचिवमा पदमा उपबिजयी भएका भीम आचार्यले १३०० मत र टंक कार्कीले ५०० मत प्राप्त गरेका छन् ।
औपचारिक रुपमा मतपरिणाम घोषणा गर्ने तयारी भइरहेको छ । परिणाम घोषणासँँगै महाधिवेशन समापन गरिने भएको छ ।
Discussion about this post