२७ कार्तिक २०८२, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

अन्तिम चारमा कनकाई, बाह्रदशी, भद्रपुर र झापा

मंसिर १५, २०७८, १२:१३ .बुधबार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कमल, १५ मंसिर । कमल गाउँपालिका प्रथम उपाध्यक्ष कपको दोस्रो चरणको खेल सम्पन्न भएको छ ।

कमल गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा भएको अन्तर पालिका झापा जिल्ला स्तरीय भलिबल खेल प्रतियोगिताको दोस्रो राउण्ड सम्पन्नसँगै अन्तिम चारमा कन्काई नगरपालिका, बाह्रदशी गाउँपालिका, भद्रपुर नगरपालिका र झापा गाउँपालिकाले आफ्नो ठाउँ सुरक्षित गरेको छ ।

आज भएको पहिलो खेलमा कन्काई नगरपालिकाले शिवसताक्षी नगरपालिकालाई २ सुन्यको सोझो को सेटमा पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेका छन् ।

खेलको म्यान अफ दि म्याच कन्काईका जर्सी नं. ८ का रोहित विक घोषित भए । उनलाई नगद सहित मेडल प्रदान गरिएको थियो ।
त्यस्तै आज भएको दोस्रो खेलमा भद्रपुर नगरपालिकाले गौरादह नगरपालिकालाई २ सुन्यको सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा आफुलाई सुरक्षित गरेका छन् । खेलको म्यान अफ दि म्याच भद्रपुरका अभि राजवंशी भएका थिए ।

पहिलो चरणमा बुद्धशान्ति गाउँपालिकालाई पराजित गर्दै दोस्रो चरणको यात्रा तय गरेको विर्तामोड नगरपालिका भने पराजित भएका छन् । झापा गाउँपालिकासँग २–१ को सेटमा पराजित भएका छन् ।

जितसँगै झापा गाउँपालिका अन्तिम चारमा प्रवेश गरेको छ । दुईबीच भएको खेलमा म्यान अफ दि म्याच झापा गाउँपालिकाका रोहित सिवाकोले प्राप्त गरेका थिए ।

अन्तिम चार अन्तर्गतको भोलिको खेल बाह्रदशी नगरपालिका र कन्काई नगरपालिकाबीच हुनेछ भने दोस्रो खेल भद्रपुर नगरपालिका र झापा गाउँपालिकाबीच हुने आयोजक समितिले जनाएको छ । दुबै खेलबाट विजेता टोलीले फाइनलको यात्रा गर्नेछ ।

प्रतियोगितामा प्रदेश नं. १ का एम्पायर रोशन दाहाल, मेचीनगरका संजय अधिकारी, सुनसरीका प्रकाश चौधरी, प्रज्वल धिमाल, अविनाश धिमाल र असिम राईले एम्पायरको भुमिका निर्वाह गरिरहेका छन् ।

केरखा खेल मैदानमा भइरहेको प्रतियोगिताको भोलिको पहिलो सेमिफाइनल खेल बिहान ८ बजे देखि हुनेछ भने प्रतियोगिताको फाइनल खेल दिनको ठिक १ बजे हुने आयोजक समितिका अध्यक्ष चतुरभुज सुवेदीले बताए ।

प्रतियोगिताको विजेता टोलिले नगद १ लाख १ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद ५१ हजार रुपैया सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने खेल संयोजक सुदिप राईले बताए ।

समितिका सहसंयोजक तेजकुमार राईका अनुसार प्रतियोगितामा बाह्रदशी गाउँपालिका, कमल गाउँपालिका, शिवसताक्षी नगरपालिका, कन्काई नगरपालिका, दमक नगरपालिका, गौरादह नगरपालिका, भद्रपुर नगरपालिका, झापा गाउँपालिका, बुद्धशान्ति गाउँपालिका र बिर्तामोड नगरपालिकाको सहभागिता रहेको छ ।

पछिल्लो समाचार

अर्थतन्त्रलाई चलायमान राख्न सहकारीको भूमिका महत्वपूर्ण : प्रदेश प्रमुख खापुङ

अघिल्लो समाचार

भारतमा पनि भेटिए ओमिक्रोन भेरियन्टका संक्रमित

Related Posts

मेचीनगरमा लैङ्गिक हिंसा विरूद्वकाे क्षमता अभिवृद्धि कार्यक्रम
banner -2

मेचीनगरमा लैङ्गिक हिंसा विरूद्वकाे क्षमता अभिवृद्धि कार्यक्रम

कार्तिक २६, २०८२, ११:३१ .बुधबार
पुलिसलाई झापा महिला गोल्डकपको उपाधि
banner -1

पुलिसलाई झापा महिला गोल्डकपको उपाधि

कार्तिक २४, २०८२, २:२२ .सोमवार
जन दवावका लागि भाेलि एमाले मेचीनगरकाे माेटरसाइकल र्याली
banner -2

जन दवावका लागि भाेलि एमाले मेचीनगरकाे माेटरसाइकल र्याली

कार्तिक २४, २०८२, ११:४३ .सोमवार
झापा महिला गोल्डकप : उपाधिमा पुलिस र एपिएफको दावी
banner -2

झापा महिला गोल्डकप : उपाधिमा पुलिस र एपिएफको दावी

कार्तिक २३, २०८२, १२:४३ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.