२४ असार २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

राप्रपामा यसरी उदाए लिङ्देन, अब कसरी अघि बढ्लान् ?

मंसिर १९, २०७८, ८:०७ .आइतवार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

झापा, १९ मंसिर । राजतन्त्रको वकालत गर्ने देशको प्रमुख शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टीले नयाँ अध्यक्ष पाएको छ ।

लामो समयदेखि पार्टीसत्तामा रहेका कमल थापालाई विस्थापित गर्दै राजेन्द्र लिङ्देनले राप्रपाको कमाण्ड सम्हालेका छन् ।

हाल तीन अध्यक्ष रहेको राप्रपालाई अब एकल निर्वाचित अध्यक्षका रुपमा लिङ्देनले हाँक्नेछन् । यसअर्थमा उनको राप्रपामा वास्तविक उदय भएको छ । उनी साविक महामन्त्री थिए ।

राप्रपाका दुई अध्यक्ष पशुपतिशम्शेर राणा र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको दौडमा सामेल भएनन् । उमेरका कारण पनि यी पुराना हस्तिहरु आगामी दिनमा धेरै सक्रिय हुने अवस्था छैन । यसर्थ लिङ्देनको विजयसँगै राप्रपा नयाँ कालखण्डमा प्रवेश गरेको मान्न सकिन्छ । पुरातन पार्टीभित्र ताजा हावा बहेको छ ।

नेपाली राजनीतिमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको बहस चल्न थालेको धेरै भयो । ठूला र प्रजातान्त्रिक भनिएका राजनीतिक दलहरुमा लामो समयदेखि पुरानै अनुहारहरुले रजगज गरिरहेका छन् । तर, पूर्वपञ्चहरुको पार्टी राप्रपामा प्रजातान्त्रिक विधिबाट भएको नेतृत्व हस्तान्तरण÷पुस्तान्तरण ती दलहरुका लागि आफैंमा गतिलो सन्देश हो ।

लिङ्देनको जितका अरु पनि आयाम छन् । उनी कमजोर पृष्ठभूमिबाट माथि उठेका नेता हुन् । जनजाति समूदायका प्रतिनिधि हुन् । मुलधारको एउटा पार्टीमा जनजाति नेतृत्व स्थापित हुनु समावेशीताको हिसाबले पनि सकारात्मक हो ।

सामन्तवादीहरुको पार्टी भनेर चिनिने राप्रपाले भूईंबाट उठेका नेतालाई अध्यक्ष निर्वाचित गरेर आलोचकहरुलाई गतिलो जवाफ समेत दिएको छ ।

किन हारे कमल थापा ?

कमल थापाजस्तो शक्तिशाली नेतालाई लिङदेनले कसरी हराए, जो स्वयम् लामो समयदेखि थापाका एक अनन्य सहयोगी थिए ? यसका धेरै कारण छन् ।

सबैभन्दा पहिलो र प्रमुख कारण त पार्टीमा नयाँ अनुहारको खोजी नै हो । २०६३ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल गठन गरेयता कमल थापा अविच्छिन्न नेतृत्वमा छन् । यसबीचमा दुईपटक पार्टी विभाजन र एकता हुँदा पनि उनी अध्यक्ष रहिरहे ।

२०६२÷६३ को आन्दोलनपछि देश पुरै गणतन्त्रमय भएको समयमा कमल थापाले राजतन्त्रवादी विचारधाराको ढुकढुकी जोगाएका थिए । अन्त्य प्रतिकुल समयमा पनि राजतन्त्रको पक्षमा नारा लगाएकाले उनले राजावादीहरुको मनमा दह्रोसँग जरो गाढेका थिए । २०७० सालको चुनावमा उनको नेतृत्वमा राप्रपा नेपालले उत्साहजनक नतिजा ल्याएको थियो ।

यद्यपि, पछिल्लो समय थापा पार्टीभित्र बढ्दो रुपमा आलोचित भइरहेका थिए । ०७४ सालको संसदीय चुनावमा पार्टीले निराशाजनक परिणाम व्यहोर्यो । देशभरबाट यस पार्टीले एक सीट मात्रै जित्न सक्यो । थ्रेसहोल्ड पुर्याउन नसकेर राप्रपाले राष्ट्रिय दलको हैसियतसमेत गुमायो । यसको मुख्य अपजस थापाको टाउकोमा गयो ।

आफ्नो पार्टीको नीति–सिद्धान्त भुलेर जोसित मिलेर पनि सरकारमा जान तयार भएको भनेर थापा आलोचित बने । गणतन्त्रलाई पार्टीले स्वीकार नगरे पनि उनको पार्टी पटक–पटक गणतान्त्रिक सरकारमा सहभागी भएको छ । योबीचमा थापा स्वयम् दुईपटक उपप्रधानमन्त्री बने । राजतन्त्रको एजेन्डालाई थाँति राखेर गणतान्त्रिक सरकारमा सहभागी हुनु थापाको गल्ति रहेको बुझाइ पार्टीभित्र छ ।

थापाको आलोचनाको विषय भनेको पाटो भनेको राजसंस्थाप्रति उनको कमजोर प्रतिवद्धता पनि हो । केवल भोटका लागि मात्रै राजतन्त्रको एजेन्डा बोकेर हिँडेको आरोप उनीमाथि छ । नेपालमा केही समयअघि राजतन्त्रको पक्षमा देशव्यापी आन्दोलन हुँदा त्यसमा राप्रपाको उपस्थिति देखिएन । थापाले अहिल्यै राजतन्त्र फर्काउन आन्दोलन गर्ने समय नआएको बताउने गरेका छन् ।

राजावादी पार्टी भए पनि थापाले निर्मल निवाससँग सम्वन्ध सुमधुर बनाउन सकेनन् । पूर्वराजाका निकटस्थहरु थापालाई रुचाउँदैनन् । त्यसैले पार्टीको यस महाधिवेशनमा निर्मल निवासको सद्भाव लिङदेनलाई रहेको चर्चा थियो । यद्यपि, निर्मल निवासका स्रोतहरुले भने यसलाई खण्डन गरेका छन् । राजाको चिन्ता सिंगै देश र देशवासीको हुने भन्दै एउटा पार्टीको चुनावमा दरवारले सरोकार नदिएको उनीहरुको भनाइ छ ।

राजसंस्थाको मुद्दालाई थापाले आफ्नो राजनीतिक अभिष्ट पूर्ति गर्नका लागि मात्रै उपयोग गरिरहेको तथ्य आजको उनको स्टाटसले पनि प्रमाणित गर्छ । दुई दिनअघि मात्रै उनले महाधिवेशन उद्घाटनमा पूर्वराजालाई नागार्जुनबाट नारायणहिटीमा बसाल्ने भाषण गरेका थिए । तर, चुनाव हारेलगत्तै उनले निर्मल निवासलाई सत्तोसराप गरेका छन् । आफ्नो हारको दोष उनले निर्मलनिवासलाई नै दिएका छन् ।

जे होस, राप्रपाबाट कमल थापा युगको अन्त्य भएको छ । उनले महाविधेशन अगाडि चुनाव हारे पनि पार्टी नफुटाउने अठोट व्यक्त गरेका थिए । आफ्नो अठोटमा उनी कति कायम रहन्छन्, त्यो हेर्न बाँकी छ ।

लिङ्देनको कठिन यात्रा

राप्रपाका नवनिर्वाचित अध्यक्ष लिङ्देन राजनीतिक निष्ठा र सरलताका लागि चिनिन्छन् । उनको सबैभन्दा बलियो पक्ष भनेको जातीय संकिर्णताबाट माथि उठेर गरेको राजनीति हो । जातलाई भन्दा राष्ट्रलाई अगाडि राख्ने सोचले गर्दा उनी राप्रपाभित्र मात्र नभएर बाहिर पनि लोकप्रिय छन् । यसपाली राप्रपाको चुनावलाई लिएर सामाजिक सञ्जालको सहानुभूति लिङदेनप्रति थियो ।
भूईंबाट उठेर राजनीतिमा स्थापित भएका नेता हुन् लिङ्देन । झापाको एउटा सर्वहारा परिवारमा जन्मेका उनलाई लाउन–खानकै दुख थियो ।

लिङदेनले आफ्नो बाल्यावस्थाबारे एक अन्तवार्तामा भनेका थिए, ‘रुखको ठुटामा च्याउ टिपेपछि फेरि कहिले पलाउँछ, निगुरोको मुन्टो चुँडेपछि फेरि कहिले अर्को उम्रिन्छ र अर्कोले टिपेर नलगोस् भन्दै रुँघेर छाक टार्नुपथ्र्यो ।’

आफ्नो राजनीतिक जीवनमा पनि लिङदेनले निकै दुःख भोगेका छन् । खासगरी जनयुद्धकालमा तत्कालीन माओवादी विद्रोहीबाट प्रताडित भए उनी । २०६१ सालमा झापाको जिविस सभापति छँदा उनको घरमा माओवादीले आगो लगाए । यति मात्रै होइन, उनले सञ्चालन गरेको होटलमा पनि आगजनी गरिएको थियो । त्यसपछि फेरि आफू आर्थिकरुपमा दिवालियाजस्तै बनेको लिङदेन बताउँछन् ।

राजाको प्रत्यक्ष शासनकालमा दुई कार्यकाल गरी १४ महिना जिविस सभापति बनेका लिङदेन दोस्रो जनआन्दोलनपछि हटाइएका थिए । त्यसपछि उनले माइक्रोवस किनेर केही समय आफैले चलाए पनि । गाडीको वर्कसप पनि चलाए । उक्त व्यवसायले लिङदेनलाई आर्थिकरुपमा केही उकासेको थियो ।

तर, उनीमाथि आक्रमणको सिलसिला रोकिएन । राप्रपा नेपालको भर्खर गठन भएका बेला झापामा एउटा कार्यक्रम आयोजना गरिएको थियो । त्यसको तयारीका लागि एउटा होटलमा बसेका लिङदेनसहितका नेताहरुलाई तत्कालीन सात दल र माओवादीका कार्यकर्ताले हमला गरेका थिए । त्यसबेला लिङदेनमाथि मरणासन्न हुने गरी कुटपिट गरिएको थियो ।

गत संसदीय निर्वाचनमा राप्रपाले देशव्यापी हार व्यहोर्दा लिङदेनले संसदमा पार्टीको बिउ जोगाएका थिए । दुईपटक झापामा कांग्रेसका कृष्ण प्रसाद सिटौलासित चुनाव हारेका उनी पछिल्लोपटक सिटौलालाई नै हराएर प्रतिनिधिसभाको सांसद बन्न सफल भए ।

लिङदेन र सिटौलाको अर्को पनि संयोग छ । स्कुल पढ्दै गर्दा लिङ्देनलाई एउटा झूटो मुद्दामा फसाएर जेल हालिएको थियो । त्यसबेला सिटौला वकालत पेशामा थिए । सिटौलाले लिङदेनको तर्फबाट बहस गरेका थिए र अदालतले उनलाई सफाइ दिएको थियो । तर, पछि राजनीतिक टकरावका क्रममा उनै सिटौलाले आफूलाई ‘ज्यानमारा’ भनेर दुष्प्रचार गरेको लिङदेन गुनासो गर्छन् ।

लिङ्देनका चुनौति

कमल थापालाई विस्थापित गरेर अध्यक्षको कुर्सीमा बसेका लिङदेनको यात्रा सहज भने छैन । राप्रपाले अघिल्लो चुनावमा खाएको धक्कालाई आगामी चुनावमा बिर्साउने प्रमुख चुनौति उनको सामु छ ।

राप्रपाले बोकेको हिन्दू राज्य र राजतन्त्रको मुद्दामा बढ्दो जनसमर्थन अकाट्य सत्य हो । तर, राप्रपाकै नेतृत्वमा यी दुई एजेन्डा फिर्ता हुन्छन् भनेर विश्वास गर्ने नेपालीहरु कमै छन् । राजतन्त्र र हिन्दू राज्य पक्षधर जनमतको वास्तविक नेतृत्व गर्ने अवसर र चुनौति लिङदेनसित छ ।

लिङदेन राजा फर्काउनका लागि पार्टीले सडक आन्दोलन चाँडै थाल्नुपर्ने पक्षमा छन् । तर, सडक आन्दोलनका बलमा राजा फर्काउने कुरा त्यति सहज छैन । यसका लागि आन्दोलनको ठूलै ज्वारभाटा सृष्टी गर्नुपर्ने हुन्छ, जुन सामथ्र्य अहिलेको राप्रपामा देखिँदैन ।

लिङदेनको तत्कालीन चुनौति चाहिँ पार्टीलाई एक राख्नु नै हुनेछ । अध्यक्ष गुमाएर झट्का खेपेका कमल थापाले लिङदेनलाई सौहार्दपूर्वक बधाइ त दिएका छन्, तर पार्टी सञ्चालनमा कति सहयोग गर्छन् भन्ने आगामी दिनमा देखिने छ । अर्कोतर्फ पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनीका परम्परागत गुटहरुलाई पनि उनले समेटेर लैजानुपर्ने हुन्छ ।

अहिलेको निर्वाचन परिणाम हेर्दा पदाधिकारीमा थापा स्पष्ट बहुमतमा छन् । केन्द्रीय सदस्यको समिकरण प्रष्ट भइसकेको छैन । तर, पदाधिकारीमा अल्पमतमा परेको अवस्थामा पक्कै पनि लिङदेनका निम्ति पार्टी सञ्चालन सकसपूर्ण हुन सक्छ । यद्यपि, अब मनोनित हुने सहमहामन्त्री र प्रवक्ताका पदहरुमा ‘आफ्ना मान्छे’ ल्याएर उनले सन्तुलन मिलाउन सक्छन् ।

पछिल्लो समाचार

होल्डिङ सेन्टरको निर्माण कार्य धमाधम

अघिल्लो समाचार

कांग्रेस प्रदेश १ चुनाव : सभापतिमा घिमिरेको अग्रता

Related Posts

पत्रकार भण्डारीलाई नारी सञ्चार साधना पुरस्कार
banner

पत्रकार भण्डारीलाई नारी सञ्चार साधना पुरस्कार

असार २२, २०८२, १०:३७ .आइतवार
थाइल्याण्डबाट फर्किएका खेलाडी र रेफ्रीलाई काँकरभिट्टामा स्वागत
banner -2

थाइल्याण्डबाट फर्किएका खेलाडी र रेफ्रीलाई काँकरभिट्टामा स्वागत

असार २२, २०८२, १०:०६ .आइतवार
काँकरभिट्टा खानेपानी अब डिजिटल स्मार्ट खानेपानी बन्दै
banner -1

काँकरभिट्टा खानेपानी अब डिजिटल स्मार्ट खानेपानी बन्दै

असार २२, २०८२, ८:०१ .आइतवार
मेचीनगर लेडी जेसीजको ‘जेसीज सप्ताह’ समापन
अर्थ

मेचीनगर लेडी जेसीजको ‘जेसीज सप्ताह’ समापन

असार २१, २०८२, ८:३२ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.