विराटनगर, १९ मंसिर । अहिले भर्खरै नेपाली कांग्रेस प्रदेश १ को मतगणना अनुसार गुरुराज घिमिरेले अग्रता लिएका छन् । ६ सय मतगणना हुँदा घिमिरेले २ सय ९९ मतसहित अग्रता लिएका हुन् ।
प्रदेश निर्वाचन समितिका प्रमुख भरत थापाका अनुसार बेलुका ७ बजेसम्म ६ सय मत गणना गर्दा संस्थापन इतर पक्षका उम्मेदवार घिमिरेले २९९ पाएका छन् । संस्थापन पक्षका उम्मेदवार उद्धव थापाले २७६ मत पाएका छन् ।
६ सय मत गणना हुँदा उपसभापतिमा टंक राईले २८३ मतसहित अग्रता बनाएका छन् । रमेशजङ रायमाझीले २९१, गोविन्द ढुंगानाले २५७ र विश्वनाथ रिजालले २३३ मत पाएका छन् ।
यस्तै महामन्त्रीका उम्मेदवार उमेश थापाले २७९ मत र दिपेनकुमार श्रेष्ठले २६५, भुपेन्द्र राईले २६६ र पदम सुन्दर पालुङवाले २६९ मत पाएका छन् ।
सहमहामन्त्री महिलातर्फ सीता कार्कीले २७२ र प्रमिला गच्छदारले २७८ मत पाएका छन् । सहमहामन्त्री पुरुषतर्फ खड्ग फागो ३४५ मत, विरकाजी राई २२७, विनोदकुमार बस्नेत २६४, रोहितकुमार साह २२७ र शुभचन्द्र राईले २१ मत पाएका छन् ।
Discussion about this post