६ जेष्ठ २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

कुनै जाति र धर्ममा समस्या भए संशोधन हुन्छ : कोइराला

पुस ४, २०७८, १०:३३ .आइतवार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ४ पुस । किराँत समुदायले मनाउने उद्यौली पर्व आइतबार देशभर विविध कार्यक्रमका साथ मनाइएको छ ।

नेपाल थामी समाज जिल्ला कार्यसमिति झापाले पनि पर्वकै अवसरमा मेचीनगर–८ स्थित भूमे थानमा विषेश पूजा अर्चनाका साथ तेस्रो जिल्ला अधिवेशन तथा बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल थामी समाज जिल्ला अध्यक्ष लालबहादुर थामीको सभापतित्व तथा एमालेका केन्द्रिय सदस्य एवम् झापाका सहईन्चार्ज रविन कोइरालाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि कोइरालाले नेपाल बहुजातिय, बहुुसंस्कृतिक बहुधार्मिक मुलुक भएको र धार्मिक सामाजिक र राजनीतिक हिसावले सवै जातजाति समान रहेको बताएका छन् ।

देशमा आएको राजनीतिक परिवर्तनमा थामी समुदायले पुर्याएको योगदानको स्मरण गर्दै संविधान सभाका सदस्य समेत रहेका कोइरालाले राजनीतिक परिवर्तनकै लागि जेठा थामीले आफ्नो ज्यानको बलिदान दिएको बताए ।

उनले थामी समुदायको आफ्नै भाषा, धर्म र संस्कृति रहेकोले त्यसको संरक्षणमा नेतृत्वले रुपान्तरणकारी भूमिका निर्वाह गर्नु पर्ने बताए । ‘नेपालको संविधान कुनै जाति र धर्मको लागि बाधक छैन, कोइरालाले भने, ‘यदि त्यो खाले समस्या देखिएमा संविधान संसोधन हुन्छ ।’

कार्यक्रमका विषेश अतिथि मेचीनगर नगरपालिका प्रमुख बिमल आचार्यले नगरमा रहेका सम्पूर्ण जातजातिको भाषा, धर्म र संस्कृतिको संरक्षणमा नगरपालिका हातेमालो गरेर अघि बढ्ने प्रतिवदद्घता व्यक्त गरे ।

‘नेपालमा अल्पसंख्यक समुदायको रुपमा रहेका थामी जातिको भाषा, लिपी, संरक्षणमा नगरपालिका अभिभावक बनेर उभिन्छ’, उनले भने,–‘तपाईहरु औपचारिक कार्यक्रममा मात्र सिमीत नहुनुहोस, संस्कार र संस्कृतिको संरक्षणमा जुट्नुहोस ।’

कार्यक्रममा विशेष अतिथि मेचीनगर उपप्रमुख मीना पोखरेल उप्रेती, नेपाल आदीवासी जनजाति महासंघ मेचीनगर समन्वय परिषदका अध्यक्ष ओमप्रकाश खापुङ, नेपाल थामी समाजका केन्द्रिय सदस्य कृष्ण थामी, मेचीनगर–८ का वडाध्यक्ष विकेन्द्र घिमाल, नेपाल मगर संघ झापाका सदस्य गम्भीरध्वज थापा, नेपाल थामी समाज इलामकी सचिव विष्णु थामी लगायतले जातिय भाषा, संस्कार र संस्कृतिको संरक्षणमा जुट्नु पर्ने बताए ।

कार्यक्रममा ख्याति प्राप्त कलाकारहरुले एकल तथा सामुहिक नृत्य तथा जातिय संस्कृति झल्कने गीतहरु प्रस्तुत गरेका थिए । सारीका थामीले स्वागत गरेको कार्यक्रमको सञ्चालन जिल्ला सचिव संञ्जय थामीले गरेका थिए ।

पछिल्लो समाचार

रोटरीले गर्यो काँकरभिट्टा निवासी नासाका वैज्ञानिक श्रेष्ठलाई सम्मान

अघिल्लो समाचार

एसको मेचीनगर–१५ मा प्रकाशदिप सोरेन

Related Posts

वडाले बाढ्यो किसानलाई कृषि औजार
banner -1

वडाले बाढ्यो किसानलाई कृषि औजार

जेष्ठ ६, २०८२, ७:२७ .सोमवार
मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम
banner

मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम

जेष्ठ ६, २०८२, ६:३६ .सोमवार
लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर
banner -2

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

जेष्ठ ५, २०८२, ७:१६ .आइतवार
शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल
banner -1

शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल

जेष्ठ ४, २०८२, ५:३९ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.