मेचीनगर, ६ पुस । छड्के अनुसन्धान साप्ताहिक पत्रिका दोस्रो वर्षमा प्रवेश गरेको छ ।
मेचीनगर–६ स्थित काँकरभिट्टामा प्रधान कार्यालय रहेको पत्रिकाले सोमबार एक कार्यक्रमको आयोजना गरेर दोस्रो वार्षिक उत्सव मनाएको हो ।
पत्रिकाका प्रकाशक बालकृष्ण थापाको सभापतित्व रहेको कार्यक्रममा थापाले केक काटेर पत्रिका दोस्रो वर्षमा प्रवेश गरेको उद्घोष गरेका थिए ।
‘पत्रिकालाई आगामी दिनमा थप पठनीय बनाइने छ’, प्रकाशक थापाले भने, –‘कोरोना भाइरसको त्रासका कारण पत्रिकाले यस वर्ष गतिलिन सकेन । आगमी दिनमा नाम अनुसारको काम गर्दै पत्रिकालाई निरन्तरता दिने छौं ।’
उनले पत्रिकालाई यहाँसम्म ल्याइपुर्याउन सहयोग गर्ने सम्पादक मण्डल, कर्मचारी, विज्ञापन दाता तथा पाठक लगायत सवैलाई धन्यवाद ज्ञापन गरेका थिए ।
पत्रिकाका सम्पादक खगेन्द्र घिमिरेले मोफसलमा रहेर पत्रकारीता गर्नु चुनौति पूर्ण रहेको बताए । उनले सम्पादन समूह र पत्रिकालाई आर्थिक पाटोमा सहयोग गर्नु हुने सञ्चालक समितिकै कारण आज पत्रिकाले यहाँसम्मको यात्रा तय गर्न सफल भएको बताए ।
कार्यक्रममा लोकतन्त्र पोष्ट दैनिकका प्रधान सम्पादक अर्जुन कार्की, खवर मञ्च साप्ताहिकका सम्पादक प्रकाश पौडेल लगायतले छड्के अनुुन्धान पत्रिकाले देश र जनताको पक्षमा लागेर खवरदारी गर्दै समाज रुपान्तरणमा सक्रिय भएर लाग्नु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा जनसंसद दैनिकका सम्पादक झुलन रेग्मी, मेची आवाज साप्ताहिकका सम्पादक डम्बर बराल, हाम्रो खवरपार्टी डककमका सम्पादक युवराज आचार्य, जनसंसद दैनिकका कम्युटर अपरेटर किसोर उपरकोटी लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रमको सञ्चालन छड्के अनुसन्धानका बजार व्यवस्थापक आकास न्यौपानेले गरेका थिए ।
Discussion about this post