झापा, ८ पुस । नेकपा एमाले निकट नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको बिर्तामोड नगर कमिटी अध्यक्षमा युवा उद्यमी विवेक निरौला निर्वाचित भएका छन् ।
नगर कमिटीको आज सम्पन्न प्रथम अधिवेशनले निरौलासहित कार्य समिति चयन गरेको हो ।
निरौला भ्याली एग्रो फिड प्रालि, निरौला मल्टी एग्रो प्रालि र मेची पोल्ट्री प्रालिका सञ्चालक हुन् ।
कमिटीको उपाध्यक्षमा उर्मिला खरेल र युवराज निरौला, सचिवमा गोमा भट्टराई, सहसचिवमा प्रेम पौडेल र किरण पौडे र कोषाध्यक्षमा उपेन्द्र बानियाँ निर्वाचित भएका छन् ।
अधिवेशनमा नेकपा एमाले विर्तामोड नगर कमिटीका अध्यक्ष सुभाष भट्टराई, महासंघका नेताहरु अग्रवाल, भीष्म खरेल, प्रह्लादमणि ओली लगायतको उपस्थिति रहेको थियो ।
Discussion about this post