झापा, ८ पुस । बिर्तामोडमा आज अर्कैको नाममा ट्रायल दिँदै गरेको अवस्थामा प्रहरीले एक जना व्यक्तिलाई पक्राउ गरेकोे छ ।
पक्राउ पर्नेमा दमक नगरपालिका वडा नम्बर ९ का ३७ बर्षीय हरिबहादुर प्रधान रहेका छन् ।
कानुनको धज्जी उडाउदै किर्ते प्रशिक्षार्थी बनेर अर्के व्यक्तिलाई सवारी अनुमती पत्र दिलाउन लागि परेको अवस्थामा प्रधान पक्राउ परेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
विहीबार विहान बिर्तामोड स्थित कान्तिपुर ड्राइभिङ ट्रेनिङ सेन्टरमा २१ बर्षीय भाइ सुजितबहादुर श्रेष्ठको नाममा ट्रायल दिँदै गरेको फेला परेपछि प्रहरीले प्रधानलाई पक्राउ गरेको इप्रका अनारमनीका डीएसपी सन्तोष आचार्यले जानकारी दिए ।
Discussion about this post