झापा, ८ पुस । नेकपा माओवादी केन्द्र प्रदेश नम्बर १ कमिटीको अध्यक्षमा हर्कबहादुर नेम्वाङ निर्वाचित भएका छन् ।
अध्यक्षमा नेम्वाङले १६९ मत ल्याउँदा उनका प्रतिस्पर्धी मुक्साहाङ मेन्याङ्बोले ६४ मत मात्रै ल्याएका थिए ।
मुक्साहाङ माओवादी नेता वर्षमान पुन निकट हुन् भने नेम्वाङ अर्थमन्त्री जनार्दन शर्माका प्रमुख स्वकीय सचिव हुन् । अध्यक्षमा ७ मत
बदर भएको थियो ।
तीन जना उपाध्यक्षमा मणिकुमार साम्पाङ १११, देवान चाम्लिङ १२० र शिवकुमार डाँगी ११३ मत ल्याएर निर्वाचित भएका छन् ।
सचिवमा गणेश उप्रेती १४८ मत ल्याएर विजयी भए भने उनका प्रतिस्पर्धी सिपी कडरियाले ८३ मतमा चित्त बुझाउनु पर्यो ।
तीन सहसचिवमा कुमारी राई ११४, सागर किराँती ७३ र ऋषिराम ढुंगाना ९५ मत ल्याएर निर्वाचित भएका छन् । ३ जना सहसचिव पदका लागि भने १३ जनाको उम्मेद्वारी परेको थियो ।
त्यसैगरी कोषाध्यक्षमा ९३ मतका साथ रेवतराज पुरी (गगन) निर्वाचित भए । एक जना कोषाध्यक्षका लागि गगनसहित चार जनाको उम्मेद्वारी परेको थियो । जसमा मदनकुमार चुँडाल, रामकुमार कार्की र बन्दना झाँगड (अनिशा) रहेका थिए ।
९ जना पदाधिकारीका लागि भएको निर्वाचन प्रक्रियामा २४० जनाले मतदान गरेका थिए । २९ जनाको उम्मेदवारी परेको निर्वाचन समितिका संयोजक राजन किराँतीले बताए ।
तीन उपाध्यक्ष पदका लागि साम्पाङ, डाँगी र चाम्लिङसहित भोगेन्द्रप्रसाद यादव, पुरुषोत्तम चुँडाल, उर्मिला तामाङ, इन्दिरा मिश्र र मोहनबहादुर खत्रीे चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।
एक जना कोषाध्यक्षका लागि गगनसहित चार जनाको उम्मेद्वारी परेको थियो । जसमा मदनकुमार चुँडाल, रामकुमार कार्की र बन्दना झाँगड (अनिशा) रहेका थिए ।
Discussion about this post