झापा, ८ पुस । नेकपा एमाले झापाको अध्यक्षमा ४ जना आकांक्षीहरुको चर्चा हुन थालेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले संकेत गरेको भन्दा तलमाथि हुने गरि नेतृत्वमा आकांक्षी देखिएका हुन् ।
बुधबार एमाले पार्टीको जिल्ला कार्यालय बिर्तामोडमा बसेको बैठकपछि जिल्ला नेतृत्वमा आकांक्षी थपिएका छन् ।
अध्यक्षमा दिपक कार्की, शिव ढुंगेल, मदन अधिकारी र प्रेम गिरीको नाम बाहिर चर्चामा आएको छ । अध्यक्ष ओलीले झापाको अध्यक्ष र सचिवमा लगभग नेतृत्व टुंगाएको अवस्था थियो । तर, जिल्लामा अध्यक्ष बनेर काम गर्नेको नाम धेरै छ ।
अध्यक्ष ओलीले कार्कीलाई अध्यक्ष र ढुंगेललाई सचिव बनाउने मनसाय बनाएको नेताहरु बताउँछन् । यता, मदन अधिकारी, प्रेम गिरी र शिव ढुंगेलले अध्यक्षमा बलियो दावी प्रस्तुत गरेका छन् ।
अध्यक्षमा कार्की, उपाध्यक्षमा गिरी, सचिवमा ढुंगेल, उपसिचवमा असारु राजवंशी र रेनुका डाँगी हुने गरि नेताहरुबीच सहमति भएको बुझिएको छ । तर, सहमतिपछि नेतृत्वबाट पदाधिकारी भित्रै रोक्ने काम भइरहेकाले अध्यक्षमा उम्मेद्वारी दिने नेताहरुको भनाइ छ ।
अध्यक्षमा आकांक्षी बढेपछि झापा एमालेमा निर्वाचन हुने छाँटकाट देखिन थालेको छ । कार्की झापाको जिल्ला कमिटीमा २०५३ देखि ०७१ सम्म, ढुंगेल २०६३ देखि हालसम्म, अधिकारी ०६० देखि हालसम्म र गिरी ०५७ देखि निरन्तर काम गरिरहेका व्यक्ति हुन् ।
Discussion about this post