१४ आश्विन २०८०, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

राजतन्त्र पुनस्र्थापनाको भ्रम नफैल्याउः कांग्रेस महामन्त्री शर्मा

पुस ७, २०७८, ६:५६ .बुधबार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

झापा, ७ पुस । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले मुलुकमा राजनीतिक व्यवस्था होइन, मुलुकको अवस्था बदल्नु पर्ने बताएका छन् ।

महामन्त्री पदमा निर्वाचित भएपछि आज पहिलोपल्ट गृहजिल्ला आएका शर्माले विर्तामोडको अग्रसेनको सभाहलमा आयोजित कार्यक्रममा बोल्दै राजतन्त्र अब कहिल्यै नफर्किने समेत बताए ।

उनले मुलुकमा रहेको अव्यवस्था हटाएर समाजमा परिवर्तनको अनुभूति गराउन जरुरी भएको बताए । कसै कसैले झापाबाटै राजतन्त्र फर्काउने भनेर गतिविधि गरिरहेको भन्दै शर्माले त्यस्तो भ्रम नछर्न चेतावनी दिए ।

उनले जनताको छोराछोरी राष्ट्रपति हुने र मन नपरेको शासकलाई आवधिक निर्वाचनमार्फत हटाउन सकिने संसदीय लोकतान्त्रिक व्यवस्था नै सबैभन्दा राम्रो भएको धारणा व्यक्त गरे ।

महामन्त्री पदमा निर्वाचित भएपछि उनी आज पहिलोपल्ट गृहजिल्ला आएका हुन् । उनले झापा र झापालीलाई आभार व्यक्त गर्न झापा आउको बताए ।

उनले लोकतन्त्र र संसदीय व्यवस्थाको विकल्प नखोज्न र राजतन्त्र पुनस्र्थापनाको भ्रम नफैल्याउन आग्रह गर्दै संविधान निर्माणको नेतृत्व गरेको नेपाली कांग्रेसले अब आउँदो निर्वाचनबाट बहुमत ल्याएर मुलुकको आर्थिक विकास र सामाजिक रुपान्तरणको अगुवाई गर्ने जिकीर गरे ।

“ठूलो पदमा पुगेँ भनेर म आफु जन्मेको जिल्लामा बधाइ थाप्न पनि आएको होइन,” महामन्त्री शर्माले भने–“जुन दिन नेपाली कांग्रेसलाई बलियो बनाउँछु त्यहीबेला बधाइ पाउने हक राखुँला, तर अहिलेलाई तपाईहरुप्रति हार्दिक आभार व्यक्त गर्न आएको हुँ, शुभकामना लिन आएको हुँ ।”

उनले पार्टीको १४ औं महाधिवेशनले आम कार्यकर्तामा ऊर्जा भरेको चर्चा गर्दै चुनावमा भएको हार जितलाई लिएर कसैले कसैसँग पनि पूर्वाग्रही र विभेद्पूर्ण व्यवहार नगर्न अनुरोध गरे । उनले आफुलाई आम कार्यकर्ताले विवेकको मत दिएको हुँदा पार्टीलाई सबल र सशक्त बनाउन दृढतापूर्वक लाग्ने बताए ।

उनले झापा जिल्ला विद्रोहको विम्ब भएको र मुलुकको प्रजातान्त्रिक एवम् बामपन्थी आन्दोलनको विद्रोह समेत झापामै भएको उल्लेख गर्दै आफुले महामन्त्रीको उम्मेद्वार हुँदै गर्दा बाचा गरेको २४ बुँदे अवधारणा पूरा गराउन प्रतिबद्ध रहेको बताए ।

काठमाडौंबाट आज विहान चन्द्रगढी विमावनस्थलमा आइपुग्दा उनलाई कार्यकर्ताहरुले फुलमालाले स्वागत गरेका थिए ।
त्यहाँबाट मेची बहुमुखी क्याम्पसको हातामा पुगेर शर्माले आफ्ना सहपाठी तथा २०४६ सालका सहिद राम थापाको सालिक र चन्द्रगढीमा रहेको जननायक विशेश्वरप्रसाद कोइरालाको सालिकमा माल्र्यापण गरे ।

चन्द्रगढी विमानस्थलमा हवाइजहाजबाट ओर्लिनासाथ उनी भुईमा लत्रिएर निधारले झापाको माटो ढोगे । “जुन धरतीले मलाई जन्मायो, जुन माटोमा मैले हुर्किने र खेल्ने मौका पाएँ, त्यही माटोप्रति मेरो श्रद्धा हो यो”–उनले भने ।

आभार व्यक्त गर्न विर्तामोडको अग्रसेन भवनमा आयोजित कार्यक्रममा उनी मञ्चमा बसेनन् । अरु अतिथि नेताहरुसँगै उनी आम कार्यकर्ता बसेको हलको लहरमा बसे । यसबाट उनले आफु कार्यकर्तासँगै छु भन्ने सन्देश दिन खोजे ।

मञ्चमा सहिदका तस्वीर राखिएको थियो । कार्यक्रममा स्वागत मन्तब्य समेत २०६२÷०६३ को जनान्दोलनका सहिद राजन गिरीका पिता शमशेर गिरीले राखेका थिए ।

कार्यक्रमको सभापतित्व पूर्व सभापति पूर्णानन्द शर्माले गरेका थिए भने सहिद परिवारका युवराज बिमली, पूर्व केन्द्रीय सदस्य गोपाल बुढाथोकी, पूर्व उपसभापति राम कट्टेल, क्षेत्रीय सभापति इन्द्र बुढाथोकी, बाह्रदशी गाउँपालिकाकी उपाध्यक्ष रत्ना राजबंशी र क्षेत्रीय सभापति जीवन राईले मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रमको सञ्चालन पूर्व सचिव प्रेम सम्बाहाम्फेले गरेका थिए । अग्रसेन भवनको भित्री हल र बाहिरी प्रांगण कार्यकर्ताको भीडले खचाखच थियो । बाहिर डिस्प्ले राखेर कार्यक्रम हेर्ने व्यवस्था मिलाइएको थियो ।

पछिल्लो समाचार

ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु

अघिल्लो समाचार

एमाले झापाको अध्यक्षमा ४ जनाको दावी

Related Posts

पूर्वी नाकामा सम्भावना भन्दा चुनौती धेरै : एआईजी भण्डारी
banner -1

पूर्वी नाकामा सम्भावना भन्दा चुनौती धेरै : एआईजी भण्डारी

अशोज १४, २०८०, ६:५१ .आइतवार
फेरि बढ्यो पेट्रोल र एलपी ग्यासको मूल्य
banner -2

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता

अशोज १४, २०८०, ५:३० .आइतवार
नेपालमा कम्युनिष्ट बाहेक कसैले देश हाक्न सक्दैन : नेपाल
banner

नेपालमा कम्युनिष्ट बाहेक कसैले देश हाक्न सक्दैन : नेपाल

अशोज १४, २०८०, ५:१२ .आइतवार
फेरि बढ्यो पेट्रोल र एलपी ग्यासको मूल्य
banner -1

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

अशोज १४, २०८०, ७:१३ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In