मेचीनगर, ११ पुस । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापाको अध्यक्षमा भुमिका सुब्बा फियाक चयन भएकी छन् ।
फोनिजको गत मंसिर २५ र पुस १० गते सम्पन्न जिल्ला अधिवेशनले सुब्बाको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो ।
सुब्बा प्रेस क्लब मेचीनगरकी सहसचिब समेत हुन् ।
समितिको उपाध्यक्षमा सबिना राई, सचिबमा तिलक योन्जन, सहसचिबमा विन्दु मुकारुङ र कोषाध्यक्षमा नरेश गुरुङ चयान भएका छन् ।
त्यस्तै सदस्यहरुमा प्रतिक्षा राजवंशी, सुरेश थापा आलेमगर, डिल्लीश्वर लिम्बू, एकराज प्रधान, धनकुमारी लावती र सुजन प्रधान छन् ।
Discussion about this post