८ जेष्ठ २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

कांग्रेसलाई बलियो बनाउन कुम होइन मन जोड्नुस् : नेता सिटौला

पुस १२, २०७८, ६:३४ .सोमवार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

झापा, १२ पुस । नेपाली कांग्रेस झापाको नवनिर्वाचित समितिको शपथग्रहण तथा पद हस्तान्तरण कार्यक्रम आज बिर्तामोडमा सम्पन्न भएको छ ।

गत मंसिर १० गते सम्पन्न निर्वाचनबाट निर्वाचित सात पदाधिकारीसहित ७२ सदस्यीय समितिलाई निर्वाचन समितिले प्रमाणपत्र वितरण गरेपश्चात शपथग्रहण तथा पद हस्तान्तरण गरिएको हो ।

नवनिर्वाचित सभापति देउमान थेवेलाई प्रजातान्त्रिक आन्दोलनका अग्रणी योद्धा एवम् कांग्रेस नेता पूर्वसांसद डिल्लीप्रसाद सिटौलाले शपथ गराएका थिए । थेवेले निर्वाचित पदाधिकारी एवम् सदस्यहरुलाई सपथ गराए । कांग्रेस झापाका निवर्तमान सभापति उद्वव थापाले पार्टीको झण्डा एवम् बैठक पुस्तिका हस्तान्तरण गर्दै पद हस्तान्तरण गराए ।

सो क्रममा प्रमुख अतिथि डिल्लीप्रसाद सिटौलाले महाधिवेशनमा देखिएको गुट–उपगुट अन्त्य गरेर नेता–कार्यकर्ताको मन जोड्न नयाँ जिल्ला समितिलाई सुझाव दिएका थिए ।

नवनिर्वाचित पदाधिकारी सदस्यहरुलाई शुभकामना दिदै नेता सिटौलाले भने–‘नेता–नेताबीच कुम जोडेर मात्रै हुँदैन, मन जोड्नुस्, अनिमात्रै कांग्रेस बलियो र अपराजित शक्ति बन्छ ।’

१४औं महाधिवेशनबाट पार्टीमा युवाहरुको सशक्त उपस्थिति सकारात्मक रहेको उल्लेख गर्दै नेता सिटौलाले बिचार दिएर संगठन अघि बढाउन नसके चुनौती थपिने धारणा राखे ।

नेपाली कांग्रेस प्रदेश एकका सभापति उद्वव थापाले कांग्रेसको इतिहास, प्रजातान्त्रिक आन्दोलनमा जीवन उत्सर्ग गरेका प्रजातान्त्रिक योद्धाहरुको इतिहासको संरक्षण, आफ्नो कार्यकालमा पार्टीले लिएको पाँच ‘ब’ को नीतिको कार्यान्वयन एवम् गुटरहित पार्टी बनाउने जिम्मेवारी पूरा गर्न नवनिर्वाचित समितिलाई आग्रह गरे ।

थापाको कार्यकालमा विचार, ब्यवहार, ब्यवसाय, विकास र विपदमा कांग्रेस भन्ने पाँच ‘ब’ को नीति अघि सार्दै झापा कांग्रेस एवम् भातृ संगठनहरुलाई सशक्त बनाइएको थियो ।

कांग्रेसको संगठन कमजोर भएर विगतको निर्वाचनमा कांग्रेसका उम्मेद्वार पराजित नभएको दावी गर्दै सभापति थापाले प्रदेश १ कै संगठनलाई गुटरहित बनाउने र कार्यक्षमता एवम् क्रियाशिलताका आधारमा कार्यकर्तालाई अवसर दिने उद्घोष गरे ।

नवनिर्वाचित सभापति थेवेले प्रतिबद्धता मन्तव्य राख्दै पार्टीलाई एकढिक्का बनाएर अघि बढाउने बताए । कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य एवम् सांसद महेन्द्राकुमारी लिम्बू, संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी, कांग्रेस झापा सभापतिका उम्मेद्वार राम कट्टेल लगायतले बोलेका थिए ।

महाधिवेशनका लागि जिल्ला निर्वाचन समितिका सदस्य यज्ञप्रसाद अधिकारीले स्वागत गरेको कार्यक्रम तीन चरणमा विभाजन गरिएको थियो । कार्यक्रमको सञ्चालन सचिव कृष्ण हुमागाई, निवर्तमान सचिव प्रेम सम्बाहाम्फे र निर्वाचन समिति सदस्य एवम् प्रेस युनियन अध्यक्ष इन्दु पूर्वेलीले संयुक्त रुपमा गरेको सचिव नवीन विमलीले जानकारी दिए ।

कांग्रेसको पहिलो बैठकका निर्णय

यसैबीच कांग्रेस झापाको सोमबार सम्पन्न पहिलो बैठकले यही पुस १६ गते पाँचवटै क्षेत्रमा क्षेत्रस्तरीय कार्यक्रम गरी राष्ट्रिय मेलमिलाप दिवस मनाउने निर्णय गरेको छ ।

यसैगरी प्रजातान्त्रिक आन्दोलनका अग्रणी योद्धा एवम् वीपी कोइरालाका सहयोद्धा आदिबासी नेता तुर्सा हेमरमको स्मृति दिवस पुस २० गते मनाउने, पुस २५ गते केन्द्रीय महामन्त्रीमा निर्वाचित झापाका विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरु केशवकुमार बुढाथोकी, सरिता प्रसाई, महेन्द्राकुमारी सुब्बा, सुशिला ढकाल, प्रदेश सभापतिमा निर्वाचित उद्वव थापा एवम् प्रदेश सदस्यहरुलाई सम्मान गर्ने निर्णय गरेको छ ।

सभापति थेवेको सभापतित्वमा सम्पन्न पहिलो बैठकले कांग्रेसको १४औं जिल्ला अधिवेशनमा उपविजयी बन्नुभएका सभापतिका उम्मेद्वार राम कट्टेललाई कांग्रेसको विधान बमोजिम जिल्ला सदस्यमा मनोनयन गरिएको सचिव कृष्ण हुमागाईले जानकारी दिए ।

जिल्ला अधिवेशन सम्पन्न गर्न वार्डदेखि जिल्ला तहसम्म खटिने निर्वाचन अधिकृत, सहायक अधिकृत, सहयोगी कर्मचारी, सञ्चारकर्मी, सुरक्षाकर्मी, नागरिक समाज एवम् सम्पूर्ण सहयोगीहरुलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको सचिव विमलीले बताए ।

यसैगरी बैठकले क्षेत्रीय, प्रदेश क्षेत्रीय, गाउँ÷नगर कार्यसमितिका बैठक यथाशिघ्र सम्पन्न गरी पार्टी संगठनलाई सशक्त बनाउने, टोल समिति गठन, बुथ समिति गठनलाई तिब्रता दिने र उमेर पुगेका मतदाताहरुको नामावली अध्यावधिक गर्ने कार्य अघि बढाउने निर्णय गरेको कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिए ।

पछिल्लो समाचार

एमालेले तोक्यो प्रदेश र जिल्ला अधिवेशनको मापदण्ड

अघिल्लो समाचार

स्वरोजगार भवानीको नाफा १ करोड २४ लाख बढी

Related Posts

दुवै आगलागी घटनामा नगरप्रमुखद्वारा दुःख व्यक्त
banner

दुवै आगलागी घटनामा नगरप्रमुखद्वारा दुःख व्यक्त

जेष्ठ ७, २०८२, ७:२६ .मङ्लबार
वडाले बाढ्यो किसानलाई कृषि औजार
banner -1

वडाले बाढ्यो किसानलाई कृषि औजार

जेष्ठ ६, २०८२, ७:२७ .सोमवार
मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम
box -2

मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम

जेष्ठ ६, २०८२, ६:३६ .सोमवार
लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर
banner -2

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

जेष्ठ ५, २०८२, ७:१६ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.