झापा, १३ पुस । बिर्तामोडको बीएण्डसीमा पहिलो पटक कालोढुसीको सफल उपचार भएको छ ।
आज बीएण्डसीमा आयोजित पत्रकार सम्मेलनमा इलाम–७ की ४५ वर्षीया पोष्ट कोभिडकी विरामी गीता सुवेदीको कालोढुसीको सफल उपचार भएको जनाइएको हो ।
बीएण्डसीका डाक्टरहरु राजु श्रेष्ठ, लक्ष्मण ठाकुर, स्वास्थ्यकर्मी गंगा अधिकारी लगायतको टिमले विरामी गीताको १४३ दिनपछि सफलरुपमा उपचार गरेको अस्पतालले जनाएको छ ।
गत साउन १९ गते सास र्फेन अपठेरो र खोकी धेरै लागेपछि इलामबाट उपचारका लागि बीएण्डसी ल्याईएको थियो । त्यहि दिन एन्टिजेन जाँच गर्दा कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि कोरोना पोजेटिभ देखिएपनि अक्सिजन कम, फोक्सोको समस्या र सुगर पनि नघटेपछि कोभिड निमोनिया (पोष्ट कोभिड) भएको डा. श्रेष्ठको भनाइ छ ।
११२ दिन आईसीयुमा राखेर उपचार गरेपछि बल्ल मंसिर १४ गते जनरल वार्डमा सारिएको उनले बताए । ९९ दिन त भेन्टिलेटरमा राखेर गीता दिदीको उपचार गरिएको डाक्टरहरुको भनाइ छ ।
‘गत साउन १८ गते श्रीमतीलाई इलाम अस्पतालमा भर्ना गरेको थिए,’ उनका श्रीमान रामजी सुवेदी (सुमन) ले भने–‘भोलि पल्ट बीएण्डसीमा ल्याए । हामीले लगभग माया मारेका थियौँ । तर बीएण्डसीका सञ्चालक दुर्गा प्रसाई, डाक्टरहरु, स्वास्थ्यकर्मी, अस्पताल व्यवस्थापन लगायत कर्मचारीहरुलाई धन्यवाद दिन्छु । उहाँहरुकै यागदानले मेरो श्रीमतीको ज्यान बचेको छ ।’
२०७७÷७८ सालको पुस १३ गतेसम्म तीन हजार ४२३ जना कोरोनाका संक्रमितहरुलाई उपचार गर्दा ८५ दशमलब ५ प्रतिशत सफल भएको अस्पतालका सूचना अधिकारी प्रोमिस गिरीले जानकारी दिए ।
Discussion about this post