झापा, १४ पुस । सरकारले विहीबार तमु ल्होसारका लागि सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद बैठकले भोलि विदा दिने निर्णय गरेको हो ।
विदा दिने निर्णय हुनुअघि नै सामाजिक सञ्जालमा सार्वजनिक विदा हुने भनि गलत सूचना प्रवाह भएको गृह मन्त्रालयका प्रवक्ता प्रदीप कोइरालाले बताए ।
कोइरालाले भने, ‘भर्खरैको मन्त्रिपरिषद बैठकले मात्रै यो निर्णय गरेको हो ।’
२०७७ साल चैत ९ गते प्रकाशित राजपत्रमा तमु ल्होसार सार्वजनिक विदा हुने चाडको सूचीमा थिएन । त्यो सूचनामा सम्बन्धित धर्म संस्कृती मान्ने समूदायलाई मात्रै विदा हुने भनि उल्लेख थियो ।
Discussion about this post