गौरादह, १९ पुस । नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले पञ्च दलीय गठबन्धन अग्रगामी नभएर पश्चगामी भएको बताएका छन् ।
आज गौरादहमा एमाले पार्टीको भातृ संगठन प्रेस चौतारी नेपाल झापाको नवौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन् ।
प्रेस चौतारी नेपालका ईन्चार्ज समेत रहेका गुरुङले पाँच दलीय गठबन्धन पश्चगामी, प्रतिगामी र देशद्रोही भएको आरोप लगाए ।
गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका गुरुङले शेरबहादुर देउवा, प्रचण्ड, माधवकुमार नेपाल, बाबुराम भट्टराई र उपेन्द्र यादव राष्ट्रवादी नेता हुँनै नसक्ने दाबी गरे ।
उनले पाँच दलीय गठबन्धनलाई विदेशी दलालहरुको संज्ञा दिएका थिए । माओवादीले काहिँ पनि सरकार र पार्टी चलाउन नसक्ने र एमालेको सिको गरेर हिड्ने पार्टी मात्र रहेको उनको भनाइ छ ।
‘माधवकुमार नेपाल पार्टीको कुनै निती र सिदान्त छैन’, नेता गुरुङले भने–‘एमाले पार्टीको विकल्प कुनै पनि दल हुँनै सक्दैन ।’
‘आफ्नो पार्टी भित्र पनि जडसुत्र वादको अन्त्य नभएको दावी गर्दै उनले पार्टीमा यो रोग मौलाउँदै छ । अहिले पार्टीमा रुघाखोकी मात्र लागेको छ । बेलैमा उपचार नगरे क्यान्सर लाग्न सक्ने छ’, उनले भने ।
नेता गुरुङले पर्टी भित्रको २२ वटा संगठन मध्ये प्रेस चौतारीलाई प्रविधि र सञ्चारमा ‘हाईटेक फ्रेण्डली’ बनाउने योजना रहेको बताए ।
कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, एमालेका केन्द्रीय सदस्य एवम् झापा जिल्ला इञ्चार्ज अग्नी खरेल, प्रदेश एकका पूर्व मन्त्री हिक्मत कार्की, प्रेस चौतारीका नेता लिलाराज भट्टराई, नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरी, महारानीझोडा बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष मिना ढकाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
प्रेस चौतारी झापाका अध्यक्ष टिकाराम उप्रेतीको सभापतित्वमा सम्पन्न उदघाटन कार्यक्रमको स्वागत उपाध्यक्ष मनकुमार गदालले र सञ्चालन सचिव प्रदिप परियारले गरेका थिए ।
Discussion about this post