मेचीनगर, २१ पुस । काँकरभिट्टाको पूर्वीद्वारमा रहेको ‘हेल्थ हेल्प डेक्स’ बुधबारबाट सञ्चालनमा आएको छ ।
मेचीनगर–६ स्थित काँकरभिट्टाको ‘हेल्थ हेल्प डेक्स’को मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले आज एक कार्यक्रमकावीच उद्घाटन गरेका थिए ।
काँकरभिट्टा हेल्थ हेल्प डेक्स उद्घाटन समारोहका प्रमुख अतिथि समेत रहेका नगर प्रमुख आचार्यले व्यानर पढेर उद्घाटन गरेका थिए ।
कोभिड–१९ को पहिलो, दोस्रो हुँदै ‘ओमिक्रोन’ समेतको संक्रमण सीमावर्ती बजारमा देखिएकाले र यो संवेदनशील समय र विषेश नाका भएका कारणले पनि चिकित्सक र अन्य प्राविधिकसहितको टोलीको व्यवस्था गरेको नगरप्रमुख आचार्यले बताए ।
यसको प्रयोग र यस नाकाबाट आवत जावत गर्ने हरेक मानिसहरुलाई एकद्वार प्रणालीबाट आवत जावत गर्नका लागि नगरप्रमुख
आचार्यले मेची भन्सार कार्यालय, इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल नेपाल वीओपी काँकरभिट्टाको ध्यनाकर्षण गराएका थिए ।
उपप्रमुख मीना पोखरेल उप्रेतीले विभिन्न समयमा आउने विभिन्न खाले महामारी रोग नियन्त्रणमा नगरका सवै क्षेत्रले भूमिका खेल्न आवश्यक रहेको बताइन् ।
उनले डेक्समा वेडको पनि व्यवस्था रहेकाले अन्य खालका विरामीहरुले समेत प्राथमिक उपचार प्राप्त गर्न सक्ने बताइन् । नगरपालिकाले यहिँबाट कोरोना विरुद्घको खोप समेत उपलब्ध गराउने उनको भनाई छ ।
मेचीनगर वडानम्बर ६ का वडाध्यक्ष ललितबहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका प्रमुख प्शासकीय अधिकृत खेमराज ओझा, जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य धनप्रसाद गुरुङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको सञ्चालन नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकास वस्तीले गरेका थिए ।
कार्यक्रममा मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत केशवराज ओली, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख डीएसपी सुनिलसिंह दाहाल, सशस्त्र प्रहरी बल नेपाल वीओपी काँकरभिट्टाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक प्रेम राई, विभिन्न दल, संघ संस्थाका प्रमुख प्रतिनिधिसहित उद्योगी, व्यवसायी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले बताए ।
मेचीनगर नगरपालिकाको पहलमा स्वास्थ्य सेवा विभाग इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको करिव ५० लाख रुपैयाँको लागतमा हेल्थ हेल्प डेक्सको कार्यालय निर्माण गरिएको हो । निर्माणमा ४१ लाख ८४ हजार रुपैयाँ खर्च भएको जनाएको छ ।
Discussion about this post