बुद्धशान्ति, २६ पुस । बुद्धशान्ति–५ शान्तिनगर स्थित गडिगाउँ माविको प्राङ्गणमा कचहरी नाटक ‘फर्मूला’ प्रदर्शन गरिएको छ ।
नाटकमा बदलिदो समय अनि अभिभावकको बढ्दो ब्यस्तताले आफ्ना सन्तानहरु कसरी कुलतमा सरिक हुन्छन् भन्ने यथार्थ समाजिक चित्रण सो नाटकमा गरिएकोे छ ।
अभिभावकको कार्यब्यवस्ता तथा छोेरा र छोेरी बीचको विभेदलाई आफ्ना आमाबावुले कायम राख्नाले निम्त्याइरहेको कहाली लाग्दो पारिवारिक तथा सामाजिक अवस्थालाई कलाकारहरुले नाटकमार्फत छर्लङ्ग पारेका छन् ।
नाट्यकर्मी तथा थिएटरकी पूर्व अध्यक्ष कविता नेपालको निर्देशन रहेको नाटकमा थिएटरकी अध्यक्ष लिला भट्टराई, कलाकारहरु लोमश पौडेल, नवराज पाठक, अस्मित आचार्य, गगन क्षेत्री, प्रतिक्षा आचार्य, रिजु कार्की, कबिता पौडेलले अभिनय रहेको थियो ।
नाटकको अन्त्यतिर अतिथि कलाकारको रुपमा गडिगाउँ माविका व्यवस्थापन समिति अध्यक्ष निलमणी न्यौपाने लगायतका अग्रज अभिभावहरु नाटकमा सहभागी भएका थिए
कार्यक्रमका प्रमुख अथिति १ नं. प्रदेश सभा सदस्य गोपालचन्द्र बुढाथोकी, अतिथिहरु इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख डीएसपी सुनिलसिंह दाहाल, सामुदायिक प्रहरी सेवा केन्द्रका उपाध्यक्ष दिपक गौतम, गडिगाउँ माविका प्राचार्य घनश्याम आचार्य, सेवा केन्द्रका अध्यक्ष धरणीधर पोखरेल लगायतले बोलेका थिए ।
कार्यक्रममा बुद्धशान्ति गाउँपालिका उपप्रमुख मीरा भुर्तेल, इलाका प्रहरी कार्यालय धुलावारीका इन्चार्ज प्रहरी निरीक्षक विकास राई, इप्रका बुधबारे इन्चार्ज प्रहरी नायब निरीक्षक राजेन्द्र चौहान, वडाध्यक्षहरु शम्भुप्रसाद पौडेल, बासुदेव खतिवडा लगायत अभिभावक, शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
सामुदायिक प्रहरी सेवा केन्द्र बुधबारेको आयोजनामा सम्पन्न नाटकमा परिवर्तन थिएटर काँकरभिट्टाका कलाकारहरुले लागुऔषध दुव्र्यसनी विरुद्ध अभिनय प्रस्तुत गरेका थिए ।
Discussion about this post