३० पुष २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

कालिका बनको साधारण सभा

पुस २९, २०७८, ४:२१ .बिहिबार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २९ पुस । कालिका सामुदायिक बन उपभोक्ता समूह मेचीनगर–११ र १२ को २६ औं वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ ।

सामुदायिक बनको कार्यालय परिषरमा आयोजित साधारण सभाको उद्घाटन मेचीनगर नगरपालिकाका प्रमुख बिमल आचार्यले गरेका गरे ।

कार्यक्रमका प्रमुख अतिथि आचार्यले मेचीनगरमा रहेका सामुदायिक बन तथा सिमसार क्षेत्रलाई नगरको मातहतमा ल्याउन सम्बन्धित निकायसँग छलफल भइरहेको बताए । उनले भने,‘स्थानीय तहको निर्वाचनपछि शिक्षा, स्वास्थ्य र खानेपानी लगायतका कार्यक्रम स्थानीय सरकारको मातहतमा आएको छ ।

अव सामुदायिक बनलाई समेत स्थानीय तहको मातहतमा ल्याउने हाम्रो योजना छ । त्यसको लागि सम्बन्धीत निकायसँग छलफल भइरहेको छ ।’

नगर प्रमुख आचार्यले नगरमा रहेका सामुदायिक बनहरुलाई बन पर्यटनको रुपमा विकास गरेर नगरको लागि आम्दानीको भरपर्दो श्रोत बनाउन सकिने बताए । सरकारले २०५१ सालदेखि बन क्षेत्र समुदायमा हस्तान्तरण गरेपछि पर्या पर्यटनको विकासमा उपभोक्ता समितिले उदहरणीय काम गरिरहेको उनको भनाई थियो ।

कालिका सामुदायिक बनले सिमसार क्षेत्रको विकास सँगै आकर्षक पर्यटकीय संरचनाहरु निर्माण गरेर नगरमा फरक पहिचना स्थापित गरेको उनले बताए । सो क्षेत्रमा चिडियाघर निर्माण गर्न सके यसले थप सफलता पाउँने उनको भनाई थियो ।

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन देशमा सक्रिय हुन लागेको बताउँदै नगर प्रमुख आचार्यले अनावश्यक रुपमा भारत नजान र सरकारले लागु गरेको स्वास्थ्य सुरक्षा मापदण्डलाई पूर्ण रुपमा पालना गर्न अनुरोध समेत गरे ।

कार्यक्रममा सामुदायिक बनका तर्फबाट मागुरमाणि सामसदायिक बन बिट नं. १ का अध्यक्ष अमर लिम्बू, नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष रामकुमार रिजाल, नेपाली काँग्रेस मेचीनगर १२ का सभापति बिरबहादुर तामाङ, नेकपा एमाले वडा नम्बर १२ का अध्यक्ष शिवलाल प्रसाई लगायतले बोलेका थिए ।

समुदायिक बनका अध्क्षयक्ष योगेश भट्टराईको सभापतित्व रहेको कार्यक्रममा अध्यक्ष भट्टराईले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

दिगो बन व्यवस्थापन अन्र्तगत वि.स.२०५३ सालदेखि दिगो बन व्यवस्थापनमा रही व्यवस्थापन गर्दै २१२ हेक्टर क्षेत्रफलमा फैलिएको यस बनलाई २०७३ देखि नयाँ नीति तथा कार्यक्रम अन्र्तगत १९९ हेक्टर वैज्ञानिक वन व्यवस्थापन र १३ हेक्टरमा सिमसार क्षेत्र विभाजन गरी संरक्षण गरिएको र वातावरणीय संरक्षण तथा पर्या पर्यटनमा महत्वपूर्ण काम भइरहेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।

समितिले हालसम्म पर्यटकहरुलाई आकर्षित गर्न ट्रि हाउस, ओभर बृज, मेचीनगर झरना, कालिका स्तम्भ, बाल उद्यान लगायतका संरचना निर्माण गरिसकेको छ । बनमा १२५४ घर धुरी रहेका छन् ।

उपाध्यक्ष पवित्रा मेचेले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव मैना राजवंशीले गरेकी थिइन् । साधारण सभाले नयाँ नेतृत्व चयन गर्न नरेन्द्रकुमार बिष्ट संयोजक रहेको ७ सदस्यीय निर्वाचन मण्डल गठन गरेको छ ।

समितिको सचिवमा नरेश मोहरा, सदस्यहरुमा नरेन्द्र मेचे गच्छामे, शक्ति थेवे, कल्पना कुँवर लगायत रहेका छन् । निर्वाचन समितिले माघ २९ सम्ममा निर्वाचन गराउने छ ।

पछिल्लो समाचार

कोभिड नियन्त्रणका लागि मेचीनगरको तयारी

अघिल्लो समाचार

माओवादीले थाल्यो स्वास्थ्य र कृषि अभियान

Related Posts

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न
banner

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न

पुस २९, २०८२, १:५८ .मङ्लबार
दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन
banner -1

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन

पुस २८, २०८२, १:४७ .सोमवार
कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन
box -3

कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन

पुस २७, २०८२, २:०५ .आइतवार
‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी
banner -1

‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी

पुस २७, २०८२, १:३२ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.