८ जेष्ठ २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

माओवादीले थाल्यो स्वास्थ्य र कृषि अभियान

पुस २९, २०७८, १०:०९ .बिहिबार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २९ पुस । नेकपा माओवादी केन्द्र मेचीनगरले जनमुखी कार्यक्रमहरु सञ्चालन गर्ने भएको छ ।

विगतमा माओवादीले उठाएका एजेण्डा जनतामाझ पुर्याउन नगर पार्टी भिन्न ढंगबाट जनताको घरदैलोमा पुग्ने उद्घोषका साथ तीन वटा महत्वपूर्ण अभियान सञ्चालन गर्न लागेको हो ।

माओवादी केन्द्र मेचीनगर कमिटीले बिहीवार इटाभट्टा स्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर कार्यक्रम सार्वजनिक गरेको छ ।

नगर कमिटी अध्यक्ष राजन चिमरियाले पार्टीलाई जनतासँग जोडेर लैजान स्वास्थ्य र कृषि क्षेत्रमा अभियान सञ्चालन गरिने बताए ।
स्वास्थ्य अभियान अन्तर्गत सुत्केरी महिला तथा बच्चालाई सहयोग गरिने अध्यक्ष चिमरियाले बताए । उक्त अभियान पहिलो चरणमा मेचीनगर वडा नंं ७ र १४ मा लागू हुनेछ ।

माघ १ गतेदेखि लागू हुने उक्त कार्यक्रममा ती वडाका सुत्केरी महिलाका निम्ति एक प्याकेट ल्याक्टोनिज, १ केजी घिउ, आधाकेजी हर्लिक्स, गुलियो मिठाइसहित नानीको मुख हेरेर १ सय रुपैयाँ सहयोग गरिनेछ । उनले आमा र बच्चाको अवस्थालाई ख्याल गर्दै पार्टीको तर्फबाट सानो सहयोग गर्ने उद्देश्यका साथ पौष्टिक आहार कार्यक्रम सञ्चालन गरिएको बताए ।

यस्तै, नगर पार्टीले स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिने भएको छ । यसअघि नगरका विपन्न ५५ घरपरिवारको स्वास्थ्य बिमा गराइसकिएको र आगामी बैशाख महिना भित्र थप ६० परिवारलाई बीमा कार्यक्रममा जोडिने बताइएको छ । मेचीनगर भित्रका गरिब परिवारको पहिचान गरी उनीहरुको निःशुल्क स्वास्थ्य बीमा गरिदिने अध्यक्ष चिमरियाले बताए ।

माओवादी केन्द्र मेचीनगरले श्रमलाई महत्व दिँदै पार्टीका नेता तथा कार्यकर्तालाई रोजगारीमा सामेल गराउने उद्देश्य पनि राखेको छ । पार्टीले कार्यकर्तालाई कृषि क्षेत्रमा जोड्दै व्यवसायमुखी बनाउन लागेको हो । ‘श्रम नगरी हाम्रो जीवन चल्न सक्दैन,’ अध्यक्ष चिमरियाले भने, ‘त्यसैले कृषि क्षेत्रमा सामूहिक लगानी गरेर त्यहाँबाट आम्दानी गर्ने बाटो अब खोज्नुपर्छ ।’

त्यसका लागि ५ विगाहा जमिन लिजमा लिएर सामुहिक कृषि खेती गरिने उनले बताए । उक्त खेती सहकारी मोडलमा सञ्चालन गरिनेछ । त्यसका लागि जग्गा व्यवस्थापन गर्ने काम भइरहेको अध्यक्ष चिमरियाले जानकारी दिए ।

पत्रकार सम्मेलनमा माओवादी केन्द्र मेचीनगरका सचिव ज्ञानेन्द्र घिमिरेले पार्टीको संगठन बलियो बन्दै गएको र नगरका सबै वडामा कमिटी गठन भइरहेको जानकारी दिए ।

कार्यक्रममा बोल्दै नगर सहसचिव कृष्ण कौशलले कोरोना महामारीको तेस्रो लहर सुरु हुँदै गर्दा पार्टीको तर्फबाट त्यसको नियन्त्रण र सचेतनाका लागि नगरपालिकालाई गम्भीर हुन आग्रह गरेको बताए ।

कार्यक्रममा माओवादी केन्द्रका नेता विकास थापा मागर, नगर कमिटी सदस्य होमप्रकाश आचार्य, अनेरास्ववियू क्रान्तिकारीका नेता अभिजित दवाडी, माओवादी केन्द्र मेचीनगरका नेता धर्मराज राजवंशीको उपस्थिति रहेको थियो ।

पछिल्लो समाचार

कालिका बनको साधारण सभा

अघिल्लो समाचार

झापाका जेनिशले जिते ‘द भ्वाइस किड्स’को उपाधि

Related Posts

दुवै आगलागी घटनामा नगरप्रमुखद्वारा दुःख व्यक्त
banner

दुवै आगलागी घटनामा नगरप्रमुखद्वारा दुःख व्यक्त

जेष्ठ ७, २०८२, ७:२६ .मङ्लबार
वडाले बाढ्यो किसानलाई कृषि औजार
banner -1

वडाले बाढ्यो किसानलाई कृषि औजार

जेष्ठ ६, २०८२, ७:२७ .सोमवार
मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम
box -2

मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम

जेष्ठ ६, २०८२, ६:३६ .सोमवार
लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर
banner -2

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

जेष्ठ ५, २०८२, ७:१६ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.