काँकरभिट्टा, १० माघ । इलाममा पिकनिक खान गएका मेचीनगरका एक जना युवकको आज मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएको छ ।
मेचीनगर–८ स्थित आयाबारीका १८ वर्षीय अनुष श्रेष्ठको इलाममा पिकनिक खान जानेक्रममा मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएको हो ।
सोमवार दिउसो २ बजे झापाको मेचीनगरबाट माईको चिलिमकोट बगान पिकनिक खान जाने क्रममा माई नगरपालिका–२ मस्तेमा श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मे १० प ६८४३ नम्बरको केटिएम डुक मोटरसाइकल अनियन्त्रित हुँदा उनी करिब १५÷२० मिटर तल उछिटिएका थिए ।
इलामको माई अस्पतालमा प्राथामिक उपचारपछि थप उपचारका लागि बिर्तामोडको बीएण्डसी अस्पताल ल्याईएको थियो ।
बीएण्डसी अस्पताल ल्याईपुर्याउदा श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
Discussion about this post