मेचीनगर, ११ माघ । मंगलबार झापामा १७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज बिर्तामोडमा सबैभन्दा धेरै संक्रमित रहेका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार बिर्तामोडमा मात्रै ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बिर्तामोडमा ५१, मेचीनगरमा २३, भद्रपुरमा २०, कनकाईमा १८, अर्जुनधारामा १६ र दमकमा ११ जनासहित १७९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
गौरीगञ्ज गाउँपालिका बाहेक सबै पालिकामा कोरोना संक्रमण पुष्टि भएको कार्यालयले जनाएको छ ।
झापामा हालसम्म २७ हजार ५ सय ७८ जनामा कोरोना पुष्टि भइसकेको छ । २५ हजार ७ सय ३२ जना डिस्चार्ज भइसकेका छन् ।
कोरोना कै कारण जिल्लामा ६६१ जनाको ज्यान गएको छ । यस्तै, १८ वर्षमाथिका ७६.५ प्रतिशत नागरिकले जिल्लामा खोप लगाइसकेको कार्यालयको भनाइ छ ।
Discussion about this post