झापा, ९ माघ । त्रिभुवन विश्वविद्यालयले यही माघ ११ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्ने भएको छ ।
सबै क्याम्पस तथा विभागले माघ १० भित्र अनलाइन कक्षाको रूटिन बनाइ सक्नु पर्नेछ भने रूटिन डिन कार्यालयमा पठाउनु पर्नेछ ।
त्रिवि रजिष्ट्रार कार्यालय अन्तर्गत सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले आज सूचना निकालेर माघ ११ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्ने उल्लेख गरेका छन् ।
साथै अनलाइन कक्षा व्यवस्थित गर्न सहायक क्याम्पस प्रमुखको नेतृत्वमा ७ सदस्यीय अनलाइन कक्षा व्यवस्थापन समिति गठन गर्न पनि त्रिविले निर्देशन दिएको छ ।
कोरोना बढेपछि त्रिविले परीक्षाहरू भने स्थगित गरेको छ ।
Discussion about this post