मेचीनगर, ८ माघ । एकिकृत समाजवादी पार्टी (एस) को मेचीनगर–६ को वडा अध्यक्षमा ओमप्रकाश दाहाल (प्रकाश) सर्वसम्मत चयन भएका छन् ।
आज काँकरभिट्टा स्थित मेची सामुदायिक हलमा एसको मेचीनगर समितिले आयोजना गरेको वडा भेलाले दाहालको नेतृत्वमा ११ सदस्यीय नयाँ समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा मुक्ति निरौला, सचिवमा डिल्लीराम बोगटी र उपसचिवमा सुस्मिता भट्टराई चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा बिजय खतिवडा, अर्जुन बिष्ट, नरेन्द्र शिवाकोटी, किरण दाहाल लगायत छन् ।
कार्यक्रममा एसका केन्द्रीय सदस्य अशेष घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा एसका केन्द्रीय परिषद सदस्य शुभद्रा भट्टराई, प्रदेश सदस्य ताराराज ओली, अनेमासंघ झापाकी अध्यक्ष हरिमाया मैनाली लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
एसको मेचीनगर अध्यक्ष अर्जुन पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव हरिप्रसाद तिम्सिनाले गरेका थिए ।
Discussion about this post