बिर्तामोड, ७ माघ । अनेरास्ववियु झापा जिल्ला कमिटीले आज बिर्तामोडको मुक्तिचोकमा पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिको बिरुद्धमा प्रर्दशन गरेको छ ।
परमादेशी सरकार मुर्दावाद, भारतीय बिस्तारवाद मुर्दावाद, प्रतिक्रियावादी शक्ति मुर्दावाद, सिटामोल छैन सरकार कहाँ छ ?, सरकार किन चुप ?, पेट्रोलियम पदार्थको मुल्यबृद्धि तत्काल फिर्ता गर भन्दै विद्यार्थीले नाराबाजीका वीच पमप्लेटहरु बोकेर सडकमा उत्रिएका हुन् ।
अनेरास्वविय झापाका अध्यक्ष रोशन लामाको नेतृत्वमा शुक्रबार दिउसो विद्यार्थीहरु मुक्तिचोक सडकमा मूल्यबृद्धिको बिरुद्धमा चर्का नाराबाजी गरेका थिए ।
कार्यक्रममा नेकपा एमाले झापाका जिल्ला कमिटी सदस्य टिकाराम मंग्राती लगायतले सम्बोधन गरेका थिए ।
कार्यक्रमको सञ्चालन अनेरास्ववियुका जिल्ला सचिव नारायण पोखरेलले गरेका थिए ।
Discussion about this post