मेचीनगर, १५ माघ । गोर्खा मेमोरियल फण्ड युकेका केन्द्रीय अध्यक्ष धनकिरण गुरुङले आगामी दिनमा मेचीनगरका सामुदायिक विद्यालयहरुमा कम्युटर टेक्निकल एजुकेशनको व्यवस्था गरिदिने बताएका छन् ।
पत्रकारसँगको संक्षित भेटघामा उनले सन २०२३ र २४ मा मेचीनगरका विद्यालयहरुमा कम्युटर टेक्निकल एजुकेशनको व्यवस्था गरिदिने बताएका हुन् ।
मेची अस्पताल भद्रपुरलाई पनि २५ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री दिने तयारी भएको उनले बताए ।
फोक्सटन सिटीका पूर्व काउन्सिलर समेत रहेका समाजसेवी गुरुङले यसअघि पनि झापा लगायत नेपालका केहि विद्यालयहरुमा कम्युटर जडान गरिदिएका थिए ।
मेचीनगर नगरपालिकासँग बेलायतको फोक्सटन सिटीले केहि वर्षअघि मितेरी साइनो लगाएको थियो । नगरपालिकालाई फ्रण्डले दमकल, एम्बुलेन्स, स्वास्थ्य सामाग्री पनि सहयोग गर्दै आएको छ ।
Discussion about this post