मेचीनगर, १० असार । नेकपा एमाले झापाका अध्यक्ष दीपक कार्कीको घरको ढोका अगाडि कुकर बम जस्तो देखिने शंकास्पद वस्तु भेटिएको छ ।
अध्यक्ष कार्कीको गौरादहको घरको ढोका अगाडि कुकर बम जस्तो देखिने शंकास्पद वस्तु भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शंकास्पद वस्तु डिस्पोजका लागि चारआलीबाट नेपाली सेनाको टोली गौरादह प्रस्थान गरेको छ ।
अध्यक्ष कार्कीले घरको ढोका अगाडि बिहान ५ः३० बजे तार जडित कुकर फेला परेको हो । कार्कीले पुरानो कुकरमा तार जोडिएको जानकारी दिए ।
कुकर कसले राखेको हो भन्ने नखुलेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । घटनास्थलमा दमकका डिएसपी दिलिप गिरीको टोली परिचान गरिएको छ ।
Discussion about this post