७ जेष्ठ २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

मेचीनगरका प्रमुखले ल्याए आकर्षक नीति तथा कार्यक्रम

असार ११, २०७९, ९:१२ .शनिबार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

धुलाबारी, १० असार । मेचीनगर नगरपालिकाका प्रमुख गोपाल चन्द्र बुढाथोकीले आगामी आर्थिक वर्ष २०७९÷८० को बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

शुक्रबार धुलाबारी स्थित टाउन हलमा आयोजित मेचीनगर नगरपालिकाको दोस्रो नगरसभा तथा प्रथम वैठकमा नगरप्रमुख बुढाथोकीले १३ पृष्ठको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

नीति तथा कार्यक्रममा कृषि तथा पशु विकास, पर्यटन, सामाजिक संघसंस्था, स्वास्थ्य, शिक्षा, वातावरण तथा विपद, सहकारी एवम् लघु उद्यम, नदीजन्य पर्दाथ, हात्ती, सडक, फोहोर व्यवस्थापन लगायत विभिन्न शिर्षकमा आकर्षक योजनाहरु समेटिएका छन् ।

कृषि तथा पशु विकासका लागि ५ वर्षभित्र लक्ष्य निर्धारण गर्ने, अनुसन्धान र विकासको अभ्यासको अनुभवबाट व्यावसायिक प्रविधिको सिर्जना गर्न पाँच वर्षभित्र २०० लाई रोजगारी, नगरपालिकाको सेवा प्रभावकारी बनाउन कर्मचारी नियुीक्रका लागि दरबन्दी खाली गरी पदपूर्ति गर्ने वातावरण तयार गर्न गोल्डेन हाण्ड चेकको मापदण्ड तयार गर्ने, सतह ढल नदी तटबन्धन, सिँचाई र खानेपानीको क्षेत्रगत गुरुयोजना बनाउने, नदीजन्य पदार्थ उत्दनन् संकलनका लागि हडिया, टिमाई र निन्दा खोलाबाट बेल्चाबाट र मेची खालामा यान्त्रिक साधन प्रयोग गरी उत्खनन् संकलन गर्ने गरी ठेक्का लगाईनेछ, मेचीनगरका खालाहरुबाट हुने कटान र बाढीको क्षति रोक्न संघ र प्रदेश सरकारसँग सहकार्य गरिने, नदी नियन्त्रण आयोजना र जनता तटबन्धन कार्यक्रम सञ्चालन गरिने नगरप्रमुख बुढाथोकीले बताए ।

त्यस्तै नगरभित्रका सडकहरुलाई नगरस्तरीय, वडास्तरीय, र टोलस्तरीय गरी तीनभागमा विभाजन गरी नामकरण गरिने, नगरभित्रका सवै वडा कार्यालय पुग्ने सडकहरु आगामी ५ वर्षभित्र कालोपत्रे गरिने, साविकका गाविसमा बनेका पुराना ५ धुर भन्दा कम जग्गामा बनेका भवनहरुको एकिन गरी नक्सा पास गर्ने निती अवलम्बन गरिने, प्यारीभिट्टा बसपार्कमा सञ्चालनका विषयमा सरोकारवालाहरुसँग छलफल र समन्वय गरी सञ्चालन गरिने, रेलवे लिकमा परेका जग्गाहरुको मुआव्जा वितरणका लागि सहजिकरण गरिने, नगरभित्रका मावि तहका सबै विद्यालयमा कक्षा ९ देखि १२ सम्म प्राविधिक तथा सीपमुलक शिक्षाको पाठ्यपुस्तक निर्माण गरी अनिवार्य लागु गरिने, वाल विकास केन्द्रको सहजकर्ता शिक्षक–शिक्षिकाले पाउदै आएको पारिश्रमिक कम भएकाले थप सुविधा दिईने उनले बताए ।

सामुदायिक विद्यालयको कक्षा ११ र १२ मा अध्ययनरत दलित तथा अपाङ्गता भएका छात्राको शिक्षालाई विरेन छात्रवृति कार्यक्रम अन्तरगत निःशुल्क गर्ने व्यवस्था मिलाईने, नगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका गुरुकुल, गुम्बा, चर्च, मदरसा तथा अन्य शिक्षा केन्द्र, अध्ययन केन्द्रको सूचिकृत गरी प्राथमिकताको आधारमा भौतिक पूर्वाधारसहित गुणस्तर अभिवृद्वि गरिने, काँकरभिट्टा बहुमुखी र त्रिदेव क्याम्पसलाई स्तरउन्नती गरी स्नाकोत्तर तहसम्मको अध्यपनका लागि पहल गर्ने, धुलाबारी क्याम्पसमा सञ्चालित प्राविधिक शिक्षा (ईन्जिनियरिङ) कार्यक्रमलाई निरन्तरता दिइने, मेचीनगरमा प्रज्ञा प्रतिष्ठान गठन गरिने, वौद्विक सम्पति सुरक्षण कोष स्थापना गरिने, मेचीनगर भित्रका रहेका सबैखाले सञ्चारमाध्यामहरुको विकास र प्रवर्दधन तथा पत्रकारिताको व्यवसायिक वृत्ति विकासका लागि मेचीनगर सञ्चार प्रतिष्ठान गठन गरिने, मेचीनगर खेलकुद विकास समितिले नगर ओलम्पिक (खेलकुद महोत्सव), मेयर कप र नगरका माविस्तरीय रनिङ कप गरिने, क्यान्सर, मुटु, मिर्गौला प्रत्यारोपण, मेरुदण्डको अपरेशन जस्ता रोगको उपचारका लागि प्रतिवर्ष प्रतिव्यक्ति २० हजार आर्थिक सहायता उपलब्ध गराउने, दुव्र्यसनीको पुनःस्थापना केन्द्र स्थापना गरिने, मोतियाबिन्दु, जलविन्दु, टेरिजिया लगायत रोगका लागि जनतासँग निःशुल्क स्वास्थ्य कार्यक्रम गरिने, सुत्केरी पोषण, गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्य प्रवर्धनका लागि विशेष कार्यक्रम ल्याइने, स्वास्थ्य स्वयमसेविकाहरुको अवकाश समय अवधि नेपाल सरकारले तोकेको उमेर बमोजिम हुने गरी कार्यान्वयन गरिने, अवकाशको बखतमा १ लाख नगदसहित सम्मान गरिने, मेचीनगर–६ को स्वास्थ्य चौकीको स्तरउन्नती गरी एकजना एमविविएस डाक्टरको सेवा उपलब्ध गराउने, धुलाबारी स्वास्थ्य चौकीलाई आधारभुत अस्पतालको रुपमा सञ्चालन गरिने, क्षयरोग मुक्त नगर घोषणा गरिने निती तथा कार्यक्रममा समावेश गरिएको छ ।

त्यस्तै नगरलाई वालमैत्री शासनयुक्त बनाइने, महिला सीप विकास तालिम केन्द्रमा महिलाहरुको क्षमता अभिवृद्वि गरिने, सिटी रिक्सा, अटो रिक्साको दर्ता, नविकरण र चालक अनुमतिका लागि आवश्यक कानुन बनाई कार्यान्वयन गरिने, आवश्यकता अनुसार थप एउटा दमकल सञ्चालन र व्यवस्थापन गरिने, हात्ती नियन्त्रणका लागि विशेष योजना बनाईने, चारआलीदेखि तेलपानी हुँदै बाहुनडाँगी मेची किनारसम्म र मेची किनारमा रहेको हात्ती कोरिडोरको विशेष योजना सञ्चालन गर्न प्रदेश र संघीय सरकारसँग पहल गर्ने, सहकारी, निजी क्षेत्र र सामुदायिक संस्थाहरुको साझेदारी सहभागिता, सहकार्य एवम् समन्वयमा नगरको फोहोर मैला व्यवस्थापन गर्ने नीति अबलम्बन गरिने निती तथा कार्यक्रममा उल्लेख छ ।

पछिल्लो समाचार

एमाले झापाका अध्यक्ष कार्कीको घर अगाडि कुकर बम

अघिल्लो समाचार

मेचीनगरको बजेट १ अर्ब ३२ करोड ३३ लाख

Related Posts

वडाले बाढ्यो किसानलाई कृषि औजार
banner -1

वडाले बाढ्यो किसानलाई कृषि औजार

जेष्ठ ६, २०८२, ७:२७ .सोमवार
मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम
banner

मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम

जेष्ठ ६, २०८२, ६:३६ .सोमवार
लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर
banner -2

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

जेष्ठ ५, २०८२, ७:१६ .आइतवार
शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल
banner -1

शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल

जेष्ठ ४, २०८२, ५:३९ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.