।। गगन ढकाल ।।
चारआली, १५ असार । नेकपा एमालेका केन्द्रीय सदस्य एवम् झापा सहइन्चार्ज रविन कोइरालाले देशको अर्थतन्त्र उकास्नका लागि पनि कृषिमा जोड दिनु पर्ने बताएका छन् ।
बुधबार मेचीनगर–१३ स्थित तेलीबारीमा अखिल नेपाल किसान महासंघ मेचीनगर कमिटीले आयोजना गरेको १९ औँ राष्ट्रिय धान दिवसको अवसरमा एमालेका सहइन्चार्ज कोइरालाले यस्तो कुरा बताएका हुन् । प्रमुख अतिथि समेत रहेका कोइरालाले कृषिमा आत्मनिर्भर बन्न पनि कृषि क्रान्ति गर्न जरुरी रहेको बताए ।
कार्यक्रममा प्रमुख अतिथि कोइराला, एमाले केन्द्रीय सल्लाहकार परिसद् सदस्य विष्णु प्रसाई, प्रदेश १ का सांसद श्रीप्रसाद मैनाली, मेचीनगर नगरपालिकाका प्रमुख गोपाल चन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, एमाले नगर अध्यक्ष राजु पोखरेल, १३ नम्बर वडाका वडाध्यक्ष कृष्णराज सिग्देल लगायत एमालेका नेता तथा कार्यकर्ता र जनप्रतिनिधिहरुले धान रोपेर दिवस मनाएका थिए ।
अखिल नेपाल किसान महासंघ मेचीनगर अध्यक्ष पूर्णबहादुर खड्काको अध्यक्षता र सञ्चालन महासंघका जिल्ला सदस्य ताकेन्द्र तामाङले गरेका थिए ।
यसैगरी, नेपाल मानव धर्म सेवा समिति (श्रद्वेय आश्रम) धुलाबारीमा धान रोपाइँ विशेष कार्यक्रम सम्पन्न भएको छ । असार १५ अर्थात धान दिवसको अवसरमा आयोजना भएको कार्यक्रमको उद्घाटन मानव धर्म सेवा समितीकि केन्द्रीय प्रभारी महात्मा चमेली बाइजीले धान रोपेर सुरुवात गरेकी हुन् ।
धान रोपाइँ कार्यक्रमा मानव धर्मका केन्द्रीय कार्य समिति पदाधिकारी, मेचीनगर लेडि जेसिस, पतन्जल योग समिति, मेचीनगर बाणिज्य संघका पदाधिकारी, मेचीनगरका विभिन्न विद्यालयका विद्यार्थीहरु लगायत मानव धर्मका विभिन्न शाखाका पदाधिकारीहरुको उपस्तिथि रहेको थियो ।
सो संस्थाले हरेक बर्ष असार १५ मा धान रोपाइँ कार्यक्रम गर्दै आएको छ । साथै विभिन्न सामाजिक कार्यहरु रक्तदान, नगर सरसफाइ, शिक्षा अभियानका कामहरु गर्दै आइरहेको संस्थाले जनाएको छ ।
Discussion about this post