धनीलाई मनपरी पैसा ! खर्च गर्न दियौँ सरकार !! महँगो सामान विदेशको ! आयात गर्न दियौँ सरकार !!
देशको मुद्रा बाहिरिदा !
किन चुपचाप थियौँ सरकार !!
विलासिता वस्तुमा टन्न नगद !
बग्न किन दियौँ सरकार !!
आज भन्छौँ ढुकुटी रित्तियो !
हिजो आँखा देखेनौँ किन ?
अरबौँ नगद बाहिरियो भन्छौँ !
अस्ति बाटो छेकैनौँ किन ?
अस्ति बाटो छेकैनौँ किन ?
दुई पाइला हिड्न नसक्ने रे !
तिम्रै जनता जनार्दनहरु !!
स्वदेशी वस्तु प्रयोग गर्नै नमान्ने रे !
तिम्रै ठुलावडा दुर्योधनहरु !!
जन्मदिनमा करोडौँ खर्च !
विहेमा अरवौँ वर्षिदा पनि !!
टुलुटुलु एकोहोरो हेरिरहन्छाँै त !
बैँक नै लुटाइ सकिदा पनि !!
अहिले भन्छौँ आर्थिक अभाव भा छ !
कहाँ गयो त सारा नगद ?
तिम्रै चम्चेको घर अफिस या छ !
विदेशी बैँकमा थुप्रेको सायद ?
विदेशी बैँकमा थुप्रेको सायद ?
३० हजारको तलब हेरी !
६० लाखको कार किनाउने तिमी !!
२०० प्रतिशात कर तिरी !
बेकारका वस्तु ल्याउन दिने तिमी !!
मदिरा र ड्रग्सको बिक्री !
रातभर खुला चल्दै गर्दा !!
दलाली, अपराध र कालो धन्दाले !
तिम्रै पाउँ मल्दै गर्दा !!
केही लाज केही सरम !
बचाइदेउँ अब सरकार !!
देश र माटो बेची बेची !
नहासिदेउँ अब सरकार !!
नहासिदेउँ अब सरकार !!
धनीले बगाए पानीमा पैसा !
रोक्न तिमीले सक्या छौँ कहिले ?
तरलता अभाव भनी महँगी बढायौँ !
गरीव मार्न खोज्या छौँ अहिले ?
प्याज, आलु, चिनी नदिइ !
नाकाबन्दी लाउँदा छिमेकीले !!
कृषिप्रधान देशका जनता हामी !
मर्नु पर्ने अभाव भोकमरीले !!
तिमी भन्छौँ गाहे भा छ !
देशमा पैसा सकिनाले !!
जनता भन्छन देश डुब्या छ !
तिमी निरीह लाचार हुनाले !!
देश बचाउने सरकार छ भन्यो !
तिमी नै गुलामी र दलाली गर्छौ ?
भन कहिले कति रुपैयाँ पाए ?
नेपाल र नेपालीको लिलामी गर्छौँ ?
नेपाल र नेपालीको लिलामी गर्छौँ ?
धन्यवाद !
लेखक : बिन्दु अधिकारी
Discussion about this post