२५ मंसिर २०८२, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

मेचीनगरमा बाढीको वितण्डा : मेयर बुढाथोकीद्वारा निरीक्षण

असार १९, २०७९, ३:२४ .आइतवार
0
0
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

ज्यामिरगढी, १९ असार । हरेक बर्खामा डुवानमा पर्ने मेचीनगरका विभिन्न क्षेत्र यसपटक पनि उही दशा दोहोरियो ।

असारको तेस्रो सातासम्म मेची, निन्दा, हडिया र टिमाइ खोलामा आएको बाढीले नदी कटान हुँदा स्थानीयको खेतीबाली र घरहरुमा क्षति पुगेको छ ।

पूर्वकै मुख्य सीमा नाका रहेको मेचीनगरमा वर्षेनि हुने डुबानको कारण के हो ? यसलाई रोक्न के गर्न सकिन्छ । यसमा कसैको चासो छैन ।

मेचीनगर हरेक वर्ष बाढीको चपेटामा परिरहेको छ । तर, मेचीनगर नगरपालिका तथा अन्य जिम्मेवार निकायले यसको कारण खोज्ने प्रयास गरेका छैनन् । कारण नै नखोजेपछि त्यसको निदानको उपाय त धेरै परको कुरा भयो ।

मेचीनगर–१५ स्थित पालियाको लिम्बु वस्ती र सशस्त्र प्रहरीको विओपी क्षेत्र नै बाढीको उच्च जाखिममा रहेको छ । वर्षेनि बाढीबाट नदी कटानले मेचीनगरका विभिन्न वडाका स्थानीयको बालीनालीमा नष्ट हुँदा लाखौँको क्षति भएको छ । मेचीनगरको डुवानको सन्दर्भमा नगरपालिकाले पनि खासै चासो नदेखाएको पीडितहरुको गुनासो छ ।

असार लागे यता लगातारको वर्षासँगै आएको बाढीले मेचीनगरका स्थानीय चिन्तित बनेका छन् । शनिबार मेचीनगर नगरपालिकाका प्रमुख गोपाल चन्द्र बुढाथोकी मेची नदीको कटानले वडा नम्बर १५ को विभिन्न वस्ती डुवानमा परेपछि निरीक्षण गर्न गएका थिए ।
मेचीनगर–१५ स्थित भिण्डी वस्ती, पाहन वस्ती, वंशल टि–स्टेट १० नम्बरको खडु वस्ती, हेल्दुबारीको निन्दा खोला, पालियाको लिम्बु वस्ती, पालिया पारी सन्थाल वस्ती र सशस्त्र प्रहरी बलको विओपीमा नदी कटान हुँदा सो क्षेत्र जोखिममा परेको भिण्डी वस्ती युवा समितिका सञ्चालक रन्जित शहनीले बताए ।

पालियाको लिम्बु वस्ती र सशस्त्र प्रहरी बलको विओपी क्षेत्र नै बाढीको उच्च जोखिममा रहेको भिण्डी वस्ती युवा समितिका सहसञ्चालक हरिकुमार मर्डीले जानकारी दिए । स्थानीय नरेश विक, मिलन विक, असोक राई, मन्तेष पाहन, प्रेम गुरुङ लगायतले नदी कटानले सो वस्तीका खेतीबालीमा क्षति पुगेको दावी गरे ।

‘मेची, हडिया, निन्दा र टिमाई खोलाको बाढीले नदी कटान हुँदा वर्षेनि स्थानीयको खेतीयोग्य जमिनमा क्षति पुगिरहेको अवस्था छ’, नगरप्रमुख बुढाथोकीले भने–‘यस्लाई रोक्न स्थानीय सरकारले सक्दैन । तटबन्धन गर्न करिव ५ अर्व लाग्छ । हाम्रो बजेटले भ्याउदैन ।’
यसपटक प्रदेश र संघीय सरकारले मेचीनगरलाई तटबन्धन वा नदी नियन्त्रणका लागि बजेट नछुट्टाको उनको आरोप छ ।

उनका अनुसार यस विषयमा नगरपालिकाले सामान्य मात्र योजना बनाएर काम गर्न सक्छ । त्यसका लागि ठोस योजना बनाएर कार्यक्रम ल्याउन माथ्लो निकायमा पहल गरिने नगरप्रमुख बुढाथोकीले बताए ।

वडा नम्बर १५ स्थित सशस्त्र प्रहरी बल विओपीका नायव निरीक्षक अमर विश्वकर्मा र स्थानीयले शनिबार दिउसो नगरप्रमुख बुढाथोकीलाई खोलाले कटान गरेको प्रभावित क्षेत्रहरु देखाएका थिए ।

पछिल्लो समाचार

बोराभित्र शव : हत्या आरोपमा ३ जना पक्राउ

अघिल्लो समाचार

साहित्य र भाषामा भानुभक्तको महत्वपूर्ण योगदान : मुख्यमन्त्री राई

Related Posts

सूर्तीजन्य, मादक पदार्थ र लागूऔषध बिक्री वितरण रोक्न माग
banner

सूर्तीजन्य, मादक पदार्थ र लागूऔषध बिक्री वितरण रोक्न माग

मंसिर २३, २०८२, २:३६ .मङ्लबार
क्रियाशील सदस्यता विवरण छिट्टै सार्वजनिक हुन्छ : कांग्रेस प्रवक्ता शर्मा
banner -1

प्रतिनिधि सभाका लागि झापा–१ बाट शर्माको नाममात्र सिफारिस

मंसिर २३, २०८२, १:४८ .मङ्लबार
तीन पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार
banner -2

तीन पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार

मंसिर २३, २०८२, १:३१ .मङ्लबार
भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित
banner -1

भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित

मंसिर २०, २०८२, १२:२० .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.