८ माघ २०८२, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

काँकरभिट्टामा भानु जयन्ती

साहित्य र भाषामा भानुभक्तको महत्वपूर्ण योगदान : मुख्यमन्त्री राई

असार २९, २०७९, ३:३३ .बुधबार
0
0
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २९ असार । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आदिकवि भानुभक्त आचार्यले साहित्य र भाषामा योगदान गरेको बताएका छन् ।

बुधबार काँकरभिट्टा स्थित खानेपानी संस्थाको सभाहलमा भानु साहित्यिक प्रतिष्ठान मेचीनगरले आयोजना गरेको २०९औँ भानु जयन्ती कार्यक्रममा उनले यस्तो कुरा बताएका हुन् ।

‘नेता हुन सजिलो छ’, मुख्यमन्त्री राईले भने–‘साहित्याकार हुन त्यति सजिलो छैन । नेताले भाषण गर्न सक्छ । तर कविता लेख्न, स्रिजना गर्न सक्दैन ।’

उनका अनुसार साहित्यकारहरु महान हुन् । क्रान्तिमा हौसिन, विद्रोहको विगुल फुक्न साहित्यकारको ठुलो योगदान हुन्छ । उनले जनताले खेलाडी, नेतालाई छिट्टै विर्सन सक्छन् तर कविलाई कहिलै नविर्सने बताए ।

‘भानुभक्त प्रतिगामी र यथास्थितीवादी जस्ता थिए, मुख्यमन्त्री राईले भने–‘क्रान्तिकारी र प्रगतिशिल हुन सकेनन् । घाँसीले कुवा बनाएको विषयमा पनि उनले चर्चा गरे । त्यसबेला बालीप्रथा, हलिया, दास प्रथा अर्थात वस्तु साटसाटको बेलामा घाँसीले घाँस बेचेर कुवा बनाएको विषयलाई खोज्नु र अनुसन्धानको पाटोमा हेरिनु पर्छ ।’

मुख्यमन्त्री राईले बरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितका बारेमा समेत चर्चा गरेका थिए । कार्यक्रममा साहित्यकार यज्ञराज प्रसाईको जीवनको अन्तराल निबन्ध संग्रह र भानुक्त कुभिण्डेलीको सच्चा सारथि महाकाब्य लोकार्पण गरिएको छ ।

प्रसाईको पुस्तकको टिप्पणी प्राध्यापक पुण्यप्रसाद खरेल, कुभिण्डेलीको पुस्तकको साहित्यकार हरिनारायण ढकाल र वरिष्ठ साहित्यकार प्रश्रितको समीक्षा साहित्यकार पुण्यप्रसाद खरेलले गरेका थिए ।

पत्रकार र साहित्यकार सम्मानित

कार्यक्रममा ५ जनालाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा बरिष्ठ साहित्याकार एवम् पूर्व शिक्षा मन्त्री मोदनाथ प्रश्रित, साहित्यकारहरु मातृकाप्रसाद संग्रौला, भानुभक्त कुभिण्डेली, क्या.गोपिलाल लिम्बु र पत्रकार जिएन शर्मा छन् ।

साहित्यकार प्रश्रितलाई एक लाख १ हजार र अन्य साहित्यकार तथा पत्रकारलाई २१ हजार नगदसहित सम्मान गरिएको थियो ।
कार्यक्रममा भानु साहित्यिक प्रतिष्ठान मेचीनगरका अध्यक्ष कृष्णप्रसाद उप्रेतीले भानु स्मारिका–७ को अनावरण पुस्तक प्रस्तुत गरेका थिए । साहित्यकार केन्द्रप्रसाद भट्टराईले भानुभक्तको चिठ्ठी बाचन गरेका थिए, समाजसेवी राजन चिमरियाले आफ्नो कविता बाचन गरेका थिए ।

कार्यक्रममा मारुणी, साकेला, नौमति बाजा र नृत्यहरु प्रस्तुत गरिएको थियो । कवि गोष्ठीका विजेताहरुलाई पनि पुरस्कार वितरण गरिएको थियो ।

कार्यक्रममा प्रदेश १ का सांसद श्रीप्रसाद मैनाली, मेचीनगर नगरपालिकाका प्रमुख गोपाल चन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, पूर्व नगरप्रमुख विमल आचार्य, प्रज्ञा सभा सदस्य शुभद्रा भट्टराई, शुशिल आचार्य, राजु पोखरेल, प्रतिष्ठानका संरक्षक दुर्गाप्रसाद आचार्य, दुर्गाप्रसाद सापकोटा लगायत उद्यमी, समाजसेवीहरुको उपस्थिती रहेको थियो ।

भानु साहित्यिक प्रतिष्ठानका अध्यक्ष उप्रेतीको अध्यक्षता र कार्यक्रमको सञ्चालन उपाध्यक्ष डिल्लीराम घिमिरेले गरेका थिए ।

पछिल्लो समाचार

मेचीनगरमा बाढीको वितण्डा : मेयर बुढाथोकीद्वारा निरीक्षण

अघिल्लो समाचार

राष्ट्रिय स्वतन्त्र पार्टीको झापा सभापतिमा उमेश खरेल

Related Posts

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू
banner -2

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू

माघ ७, २०८२, ४:०२ .बुधबार
झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी
banner -1

झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी

माघ ६, २०८२, ३:२८ .मङ्लबार
झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता
banner

झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता

माघ ६, २०८२, १:२० .मङ्लबार
बीएन्डसीले तत्काल ऋणको व्याज र किस्ता तिर्नु नपर्ने
box -1

राजावादी नेता प्रसाई पोखराबाट पक्राउ

माघ ५, २०८२, १२:०५ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.