६ आश्विन २०८०, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

झापा क्षेत्र नं.–१ बाट स्वतन्त्र उठ्ने विदुर खतिवडाको घोषणा

असार ३२, २०७९, १०:५७ .शनिबार
0
0
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ३२ असार । मेचीनगर नगरपालिका–६ काँकरभिट्टाका विदुरकुमार खतिवडाले संघीय निर्वाचनमा झापा क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।

लामो समयदेखि यातायात क्षेत्रमा काम गर्दै आएका ४६ वर्षीय खतिवडा चुनाव जितेको खण्डमा मजदुर क्षेत्रलाई मुख्य प्राथमिकता राखेर आफ्नो काम गर्ने बताउछन् ।

उनी आफूलाई मजदुर क्षेत्रमा काम गर्दै आएको भन्न रुचाउँछन् । खतिवडाले उम्मेदवारी घोषणा गरेको निर्वाचन क्षेत्रबाट यसअघिको चुनावमा नेकपाबाट प्रतिनिधि सभा सदस्यमा राम कार्की निर्वाचित भएका थिए ।

यातायातमा मुलुकलाई व्यवसायिक गराउँदै मजदुरमाथि भएको विभेद अन्त्य गर्ने उनको पहिलो एजेण्डा छ । भ्रष्टाचारलाई निर्मुल पार्ने पनि उनको योजना छ ।

०४९ सालदेखि उनी यातायात क्षेत्रमा क्रियाशील छन् । सुरुमा खतिवडाले बस चालक भएर काम गरे । लामो समय बस चालकको रुपमा काम गरेपछि उनी ७० सालदेखि यातायात क्षेत्रका विभिन्न संघ–संस्थामा नेतृत्वदायी भूमिकामा सक्रिय बने ।

मातृभूमि भलाई एण्ड एन्भेसमेन्ट कम्पनी प्रालिको क्षति मूल्यांकन समितिको संयोजक भएर जिम्मेवारी निर्वाह गरिसकेका खतिवडा हाल बुद्धशान्ति यातायात एण्ड अटो प्रालिका प्रबन्ध निर्देशको रुपमा छन् ।

निर्वाचित भएको खण्डमा ५१ बँुदे घोषणा पत्र अक्षरसपालन गराउन पहल गर्ने दृढता छ । घोषणामा ज्येष्ठ नागरिकलाई चौतारो, भ्रष्टाचार अन्त्य, मजदुरका समस्या, फोहोर विर्सजनका लागि डम्पिङ साइड, किसानलाई मल, अपाङ्गता भएका र सरकारी स्कुलमा कक्षा १२ सम्म निःशुल्क शिक्षा, नदि कटान भएका क्षेत्रको दुवैतर्फ तटबन्धन, विद्यालय छेउका पशुहाट हटाइने, स्वास्थ्य क्षेत्रमा सुधार गरिने, लागुऔषधलाई निराकरण गर्ने, सडक, पुलहरुको स्तरउन्नती गरिने लगायतका एजेण्डाहरु उल्लेख गरिएको छ ।

यसअघि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रदेश एकमा झापा क्षेत्र नं.१ को ‘क’ बाट आफ्नो स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका थिए । तर पछिल्लो समय उनले प्रदेश खारेजको माग राख्दै प्रतिनिधि सभा सदस्यमा उठ्ने निधो गरेर फेसबुकमार्फत स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् ।

उनले झापा क्षेत्र नं. १ बाट ४० हजार बढी मत प्राप्त गर्ने दाबी गरेका छन् । झापा क्षेत्र नं. १ मा करिव ८२ हजार मतदाता रहेको अनुमान गरिएको छ ।

पछिल्लो समाचार

उपसभामुखमा पुष्पा भुसाल निर्वाचित

अघिल्लो समाचार

लायन्सको स्थापना दिवस : अपांगता बालबालिकालाई सहयोग

Related Posts

विद्यालय बन्द गरेर शिक्षकहरू आन्दोलनमा
banner

विद्यालय बन्द गरेर शिक्षकहरू आन्दोलनमा

अशोज ३, २०८०, १०:५५ .बुधबार
असोज १४ देखि ´समाजवाद जागरण यात्रा`
banner -2

असोज १४ देखि ´समाजवाद जागरण यात्रा`

अशोज ३, २०८०, ९:३९ .बुधबार
एमाले नेता मैनालीमाथि आफ्नै कार्यकर्ताद्वारा हातपात
box -1

भुपाल ओली धराैटीमा छुटे

अशोज ३, २०८०, ९:५५ .बुधबार
११४ औं देवकोटा जयन्ती मनाउने तयारी
banner -1

११४ औं देवकोटा जयन्ती मनाउने तयारी

अशोज ३, २०८०, ६:२० .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In