मेचीनगर, २ साउन । लायन्स क्लब अफ मेचीनगरले आइतबार ईटाभट्टा स्थित समाजसेवा युवा संघ अपांग सहयोग समितिमा आश्रित बालबालिकासँग आफ्नो चौथो स्थापना दिवस मनाएको छ ।
स्थापना दिवसको अवसरमा लायन्सले सो संस्थालाई ४० हजार रुपैयाँ बराबरको खाद्यान्नसहित स्टेसनरी सामग्री सहयोग गरेको छ ।
सोही अवसरमा लायन्स क्लब अफ मेचीनगरले केक काटेर अपांगता भएका बालबालिकालाई खुवाएको छ । लायन्स क्लब सामाजिक क्षेत्रमा क्रियाशील रहेको छ ।
लायन्स क्लब मेचीनगरका अध्यक्ष मोहन मैनालीको अध्यक्षतामा भएको संक्षिप्त कार्यक्रममा लायन्स क्लबका संस्थापक अध्यक्ष शंकर थापा, समाजसेवी डा. शरदचन्द्र प्रकाश राई, अपांग सहयोग समितिका उपाध्यक्ष गंगा संग्रौला लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा लायन्सका निवर्तमान अध्यक्ष सन्तोष आचार्य, प्रथम उपाध्यक्ष रोशन प्रधान, द्वितीय उपाध्यक्ष नवराज प्रधान, लियो क्लब अफ लायन्स मेचीनगरका अभिजित दवाडी, आशिष पौडेल लगायत लायन्सकर्मीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन लायन्स क्लबका सचिव सजित तामाङले गरेका थिए ।
Discussion about this post