
मेचीनगर, २४ वैशाख । आज पनि काँकरभिट्टाका पसलहरुमा बजार अनुगमन गरिएको छ ।
स्थानीय सरकारको नेतृत्वमा जिल्ला प्रसाशन कार्यालय, खाद्य प्रविधि तथा गूण नियन्त्रण डिभिजन कार्यालय झापा र प्रहरीको संयुक्त टोलीले विहीबार बजार अनुगमन गरेको हो ।
आज काँकरभिट्टाका ८ वटा पसलमा अनुगमन गर्दा म्याद ग्रुजिएका कोकोकोला, थुक्पा लगायतका खाद्य पदार्थहरु भेटिएको थियो ।
मेचीनगर नगरपालिकाका खाद्य विश्लेषक दिपेन्द्र कार्कीले मेचीनगर–६ स्थित काँकरभिट्टा बजारमा रहेको शुभ डिपार्टमेन्टल स्टोर, प्रसाई किराना पसल, खुश्बु किराना पसल, कृतिका भेराइटिज, मञ्जु किराना पसल, मट्का टि हाउस, हिरालक्ष्मी किराना पसल र मेची किराना पसलमा अनुगमन गरिएको जानकारी दिए ।
अनुगमनका क्रममा केहि पसलहरुबाट म्याद नाघेका, लेवल नभएका खान अयोग्य खाद्य सामानहरु जफत गरी नष्ट गरिएको उनले बताए । केहि पसलका सञ्चालकहरुलाई अब फेरि आउँदा म्याद नाघेका, लेवल नभएका अखाद्य सामानहरु भेटिए पसल शिल गरी कडा कारवाही गरिने भनेर सचेत गराइएको थियो ।
खाद्य विश्लेषक कार्कीको नेतृत्वमा खटिएको संयुक्त टोलीमा जिल्ला प्रसाशन कार्यालय झापाका प्रतिनिधि यदु दाहाल, खाद्य प्रविधि तथा गूण नियन्त्रण डिभिजन कार्यालय झापाकी खाद्य निरीक्षक संगीता शाह, गुणस्तर तथा नाप तौल कार्यालय झापाका सीमी आकाश झा, कास कामिक राजबंशी, मेचीनगर–६ का वडा सदस्य ध्रुबकुमार राई, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी सहायक निरीक्षक सोनेलाल राजबंशी, प्रहरी सहायक हवलदार तेजेन्द्र श्रेष्ठ, चन्द्रसिंह आङदम्वे, प्रहरी हवलदार धनकुमार शर्मा, नगर प्रहरीहरु नरबहादुर थापा, बुद्विराज राई, दिपाकुमारी राजबंशी, दिनेश राई, उपभोक्ता जागरण अभियान नेपालका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
१५ दिनअघि मात्र काँकरभिट्टाका पसलमा अनुगमन गर्दा ठुलो परिमाणमा कोकोकोला, फेन्टा, स्प्राइट, डिउ लगायत अन्य अखाद्य पदार्थहरु बरामद गरी नष्ट गरिएको थियो ।




Discussion about this post