झापा, ३ साउन । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकज नेम्वाङ विरामी हुँदा एन्फा कार्यसमिति बैठक स्थागित भएको छ ।
एन्फा कार्यसमितिको दोस्रो बैठक एन्फा मुख्यालयमा मंगलबार दिउँसो तीन बजे बस्ने तय थियो ।
एन्फा अध्यक्ष नेम्वाङ ‘ब्लड प्रेसर’का कारण मेडिसिटी अस्पतालमा उपचार गराइरहेको हुँदा कार्यसमिति बैठक स्थगित भएको छ ।
अर्को सूचना नआउन्जेल एन्फा कार्यसमिति बैठक स्थगित भएको एन्फाका महासचिव किरण राईले जनाकारी दिए ।
‘अध्यक्षज्यू विमारी पर्नुभयो । उहाँ अस्पताल हुनुहुन्छ । अर्को सूचना नआउन्जेल कार्यसमिति बैठक स्थगित भयो,’ उनले भने ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकज नेम्वाङ विरामी हुँदा एन्फा कार्यसमिति बैठक स्थागित भएको छ ।
एन्फा कार्यसमितिको दोस्रो बैठक एन्फा मुख्यालयमा मंगलबार दिउँसो तीन बजे बस्ने तय थियो ।
एन्फा अध्यक्ष नेम्वाङ ‘ब्लड प्रेसर’का कारण मेडिसिटी अस्पतालमा उपचार गराइरहेको हुँदा कार्यसमिति बैठक स्थगित भएको छ ।
अर्को सूचना नआउन्जेल एन्फा कार्यसमिति बैठक स्थगित भएको एन्फाका महासचिव किरण राईले जनाकारी दिए ।
‘अध्यक्षज्यू विमारी पर्नुभयो । उहाँ अस्पताल हुनुहुन्छ । अर्को सूचना नआउन्जेल कार्यसमिति बैठक स्थगित भयो,’ उनले भने ।
Discussion about this post