३० जेष्ठ २०८२, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

गौरीगञ्जमा मृत्यु भएकालाई सामाजिक सुरक्षा भत्ता

साउन ४, २०७९, १०:३७ .बुधबार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

झापा, ४ साउन । गौरीगञ्ज गाउँपालिकाले मृत्यु भएका व्यक्तिलाई समेत सामाजिक सुरक्षा ‘सासु’ भत्ता वितरण गरेको पाइएको छ ।

गौरीगञ्ज गाउँपालिकाले मृत्यु भएका २० जनाभन्दा बढीलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको विवरण तयार गरेको छ । मृत्यु भएका व्यक्तिका नाममा मात्रै गाउँपालिकाले तीन लाख रुपैयाँमाथि भुक्तानी गरेको छ ।

गाउँपालिकाले एउटै नागरिकता नम्बर र एउटै जन्ममिति भएका लाभग्राहीलाई दुई वा सोभन्दा बढी परिचयपत्र जारी गरी दुईवटै परिचयपत्रबाट सामाजिक सुरक्षा भत्ता बापतको रकम प्रदान गरेको हो ।

सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि, २०७५ ले लाभग्राहीको नाम, दर्ता, नवीकरण, लगतकट्टा तोकिएको मितिभित्रै गर्नुपर्ने व्यवस्था गरेको छ ।

सोही कार्यविधिले सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न नियमित रूपमा अनुगमन गर्नुपर्ने, केन्द्रीकृत सूचना प्रणालीमा प्रविष्टि गरी अद्यावधिक गर्ने जिम्मेवारी सामाजिक सुरक्षाको अख्तियारी पााउने सम्बन्धित निकायको हुने व्यवस्था गरेको छ ।

मृत्यु भएका व्यक्तिका नाममा गाउँपालिकाले भत्ता वितरण गरेसँगै महालेखाले सो रकमलाई बेरुजु लेखेको छ । महालेखाको प्रतिवेदनमा सो रकम गाउँपालिकाले असुल गर्नुपर्ने सुझावसमेत दिएको छ । तर, गाउँपालिकाले सो रकम असुल गर्न कुनै चासो देखाएको छैन ।

त्यसो त गौरीगञ्ज गाउँपालिकाबाट बसाइँ सरी अन्यत्रै गएका व्यक्तिलाई समेत पालिकाले सामाजिक सुरक्षा भत्ता प्रदान गरेको छ । सो रकमसमेत असुल गर्न महालेखाले पालिकालाई सुझाव दिएको छ । बसाइँ सरी गएका व्यक्तिका नाममा सामाजिक सुरक्षा भत्ता प्रदान गरेको देखिएपछि सो रकमलाई समेत महालेखाले बेरुजु भएको जनाएको छ ।

महालेखाको प्रतिवेदनमा उल्लेख भएअनुसार २०७५ साल फागुन २ गते मृत्यु भएकी गौरीगञ्ज गाउँपालिका–३ निवासी विधवा एकल महिला विजलीदेवी महतोसहित ११ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो ।

त्यस्तै २०७५ असोज २६ गते मृत्यु भएकी हस्मातसन मियालाई प्रथम चौमासिक बापतको विधवा एकल महिला भत्ता प्रदान गरिएको छ । त्यस्तै २०७५ साल चैत १५ गते मृत्यु भएकी विधवा एकल महिला फगनीदेवी साहका नाममा समेत गाउँपालिकाले भत्ता वितरण गरेको छ ।

यसैगरी २०७५ साल चैत ११ गते मृत्यु भएका मनकामना श्रेष्ठ, २०७५ असोज २२ गते निधन भएका महरम मियालाई समेत ज्येष्ठ नागरिक भत्ता वितरण गरेको छ ।

गौरीगञ्ज–३ कै मीरा मल्लिकलाई विधवा एकल महिलाका नामबाट सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । उनको २०७६ साल असोज १२ गते नै निधन भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै जहादु ताजपुरियाको २०७६ असोज २८ गते निधन भएको छ । उनका नाममा समेत सामाजिक सुरक्षा भत्ता वितरण भएको देखिएको छ । विसं २०७६ असोज २४ गते मृत्यु भएका इन्द्रबहादुर क्षेत्री, २०७६ असोज २२ गते मृत्यु भएका बाबुजी महत्तो कोइरी, २०७६ असोज १४ मा मृत्यु भएको मनमाया पराजुली, २०७७ जेठ १५ गते मृत्यु भएका वसुलिया महत्तोलाई गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गरेको पाइएको छ ।

यता वडा नं ४ मा भने २०७४ फागुन १० गते मृत्यु भएका समपतलाल राजवंशी, २०७५ साल वैशाख ३० गते मृत्यु भएका चम्पादेवी ताजपुरिया, २०७६ असार ४ गते नै निधन भएका मङ्गल हेमरम, २०७६ असोज १० मा मृत्यु भएका अगमलाल ताजपुरिया, २०७६ असोज १० मै मृत्यु भएका हरिलाल गिरीको नाममा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो ।

त्यस्तै वडा नं २ निवासी रामना हस्ताको २०७५ असार १२ गते निधन भयो । उनका नाममा समेत सामाजिक सुरक्षा भत्ता वितरण गरेको पाइएको छ । त्यस्तै सोही वडाको चुड्की मुर्मूको २०७४ चैत ८ गते निधन भयो । उनका नाममा समेत सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ ।

यसैगरी २०७६ पुस ३ गते निधन भएका विधवा एकल महिला पद्मादेवी राजवंशी, २०७० जेठ २५ गते निधन भएको विधवा एकल महिला विका हेमरमलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । यता २०७६ असार ३ मा गौरीगञ्ज गाउँपालिका–३ बाट बसाइँ सरी दुहवी नगरपालिका सुनसरी गएकी भद्रमाया विष्टलाई ज्येष्ठ नागरिक भत्ता प्रदान गरिएको पााइएको छ ।

गौरीगञ्ज–३ बाट गौरादह–८ मा बसाइँ सरी जाने गम्भीरमाया दर्जी, गौरीगञ्ज–२ बाट दमक बसाइँ सरी जाने सावित्रादेवी न्यौपानेलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो ।

त्यस्तै गाउँपालिकाले एमआइएसमा प्रविष्ट नभएको पूर्ण अपाङ्ग हंसनारायण रायलाई समेत सामााजिक सुरक्षा भत्ता प्रदान गरेको पाइएको हो ।

यता गाउँपालिकाकी उपाध्यक्ष पुजन न्यौपाने कुँवरले आफूहरू नवनिर्वाचित जनप्रतिनिधि भएको र अघिल्लो सरकारले गरेका विषयमा आफूलाई थाहा नभएको बताइन् । यदि गाउँपालिकामा पारदर्शी रूपमा काम नभएको पाइए कडाइका साथ अनुगमन गर्ने र त्यस्तो कार्यलाई तत्काल रोक्ने बताइन् ।

 

पछिल्लो समाचार

एसका मेचीनगर उपाध्यक्ष विष्टसहित युवाहरु एमालेमा प्रवेश

अघिल्लो समाचार

झापामा रबर उद्योगलाई अनुदान

Related Posts

असारदेखि भदौ महिनासम्म सडक खन्न प्रतिबन्ध
banner -1

लक्कि डिपार्टमेन्टमा पानीको भल पस्दा ६० लाखको क्षति

जेष्ठ ३०, २०८२, ५:२७ .बिहिबार
सुनचाँदी व्यवसायीद्वारा काँकरभिट्टामा प्रदर्शन
banner

सुनचाँदी व्यवसायीद्वारा काँकरभिट्टामा प्रदर्शन

जेष्ठ ३०, २०८२, ४:५८ .बिहिबार
लम्फी स्किन र अफ्रिकन स्वाइन फिवरको निरीक्षण गर्न मन्त्रालयको टोली मेचीनगरमा
box -1

लम्फी स्किन र अफ्रिकन स्वाइन फिवरको निरीक्षण गर्न मन्त्रालयको टोली मेचीनगरमा

जेष्ठ २८, २०८२, ७:२९ .मङ्लबार
दृष्टिकोण वैज्ञानिक ढंगले सोचे समृद्धि सम्भव : पूर्व राष्ट्रपति भण्डारी
box -3

बिर्तामोडमा विज्ञान प्रदर्शनी : बुद्धशान्तिको आदर्श मावि प्रथम

जेष्ठ २७, २०८२, ७:२५ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.