शिवसताक्षी, १४ साउन । एकीकृत सरकारी कर्मचारी संगठन जिल्ला कार्यसमिति झापाले शहिद मनोज–झपेन्द्र स्मृति दिवसको अवसरमा आज वृद्वाश्रममा सहयोग कार्यक्रम सम्पन्न गरेको छ ।
शनिबार संगठनले शिवसताक्षी नगरपालिका–१० माइधार स्थित लक्ष्मीनारायाण मन्दिरमा रहेका वृद्धहरुलाई खाद्यान्न सहयोग गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि पेशागत महासंघका महासमिति सदस्य मदन खतिवडा, संगठन केन्द्रीय सदस्य एवम् झापा इन्चार्ज रामप्रसाद पोखरेल, वृद्वाश्रमका प्रमुख गोबिन्दाचार्य लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
संगठन झापाका अध्यक्ष निरोज कट्टेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संगठनका सहसचिव चन्द्र रिजालले गरेका थिए ।
Discussion about this post