१८ बैशाख २०८३, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

चार्टर्ड एकाउन्टेन्टस् झापाको अध्यक्षमा सुशील अग्रवाल

साउन १३, २०७९, ४:४९ .शुक्रबार
0
0
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड, १३ साउन । झापाका चार्टर्ड एकाउन्टेन्ट्सहरु संगठित भएका छन् ।

बिर्तामोडमा जिल्लाका चार्टर्ड एकाउन्टेन्टस्हरुको शुक्रबार सम्पन्न भेलाले सात सदस्यीय नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघ झापा शाखा गठन गरेको हो ।

१ नं प्रदेशकै पहिलो चार्टर्ड एकाउन्टेन्ट्स बिर्तामोड निवासी सुशीलकुमार अग्रवालको नेतृत्वमा संघ गठन भएको छ । समितिको उपाध्यक्षमा अनिलकुमार प्रसाईं, सचिवमा गंगाराम वस्नेत र कोषध्यक्षमा राहुल साहेवाला तथा सदस्यहरुमा श्रीप्रसाद निरौला, एञ्जिला मैनाली र समिर संग्रौला छन् ।

पेशागत हकहित एवम् लेखा प्रणालीमा भइरहेको प्राविधिक विकासका बारे अन्तरक्रियात्मक ढंगले संस्थागत रुपमा प्रचारात्मक अभियानसमेत सञ्चालन गर्ने गरी झापामा संघ स्थापना गरिएको नवनिर्वाचित अध्यक्ष अग्रवालले बताए ।

अग्रवालकै अध्यक्षतामा आयोजित भेलाको उद्घाटन नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघका केन्द्रीय अध्यक्ष दीपक पाण्डेले गरेका थिए । अध्यक्ष अग्रवाललाई पाण्डेले सपथ खुवाएका थिए । कार्यसमितिका अन्य पदाधिकारी–सदस्यहरुलाई अध्यक्ष अग्रवालले सपथ गराउनु भएको थियो ।

प्रमुख अतिथि पाण्डेले चार्टर्ड एकाउन्टेन्टस्हरुको संख्यामा गुणात्मक बृद्धि हुँदै गएकोले देशैभरि यसको सञ्जाल विस्तार गर्न थालिएको बताए । उनले उद्योग–व्यवसाय क्षेत्रमा कर प्रणाली र लेखा प्रणालीको अहम् र महत्वपूर्ण भूमिका रहने भएकोले यी विषयमा स्वयम् उद्योगी–व्यवसायी पनि जानकार हुनुपर्ने दावी गरे ।

कार्यक्रममा संघका केन्द्रीय सुशील घिमिरे, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, आन्तरिक राजश्व कार्यालय भद्रपुरका प्रमुख शुभप्रसाद रिजाल, मेची भन्सार कार्यालयका प्रमुुख केशवराज ओली, संघको प्रदेश नं १ का प्रमुख मनोज अधिकारी, नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था विराटनगर शाखाका संयोजक अश्विनी वंशल, नेपाल अडिटर्स एशोसिएशन झापाका अध्यक्ष होमनाथ उप्रेती, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी लगायते शुभकामना मन्तव्य राखेका थिए ।

सोही अवसरमा आर्थिक ऐन २०७९ र नेपाल राष्ट्रबैंकले भर्खरै सार्वजनिक गरेको मौद्रिक नीतिका सम्बन्धमा अन्तरक्रियात्मक चर्चा गरिएको थियो । आर्थिक ऐनका सम्बन्धमा अर्थविज्ञ शेषमणि दाहालले प्रस्तुति दिएका थिए ।

मौद्रिक नीतिका सम्बन्धमा एक्सेल डेभलपमेन्ट बैकका कार्यकारी प्रमुख इन्द्रकुमार कट्टेल र बैंकर्स एशोसिएशन झापाका अध्यक्ष सुवास श्रेष्ठले प्रस्तुतिकरण गरेका थिए । यसपटकको मौद्रिक नीति कसिलो भएकोले उद्योगी–व्यवासायीका लागि केही चुनौतीपूर्ण रहेको औंल्याइएको थियो ।

कार्यक्रमको सञ्चालन सञ्चारकर्मी स्वस्तिका आचार्यले गरेकी थिइन् ।

पछिल्लो समाचार

सर्पको डसाईबाट महिला स्वयमसेविकाको मृत्यु

अघिल्लो समाचार

मनोज–झपेन्द्र स्मृति दिवसमा वृद्व–वृद्वाहरुलाई खाद्यान्न

Related Posts

थापाथलीका ६८ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा
banner

सुकुम्बासीकाे आन्दोलन सार्वजनिक : सांसद फिर्तादेखि आम हडतालसम्म

बैशाख १७, २०८३, ३:३० .बिहिबार
रोल्पा जीप दुर्घटना : मृतककाे संख्या २० पुग्याे
banner -1

रोल्पा जीप दुर्घटना : मृतककाे संख्या २० पुग्याे

बैशाख १७, २०८३, ३:१३ .बिहिबार
विदेशबाट फर्किएका युवाहरुका विषयमा छलफल
banner -2

विदेशबाट फर्किएका युवाहरुका विषयमा छलफल

बैशाख १६, २०८३, ३:११ .बुधबार
बाणिज्य संघको ‘आर्थिक पत्रकारिता पुरस्कार’ मुखियालाई दिने निर्णय
banner

बाणिज्य संघको ‘आर्थिक पत्रकारिता पुरस्कार’ मुखियालाई दिने निर्णय

बैशाख १६, २०८३, १२:३२ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.