मेचीनगर, १३ साउन । मेचीनगरमा विषालु सर्पको डसाईबाट एकजना स्वास्थ्य स्वयमसेविकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मेचीनगर नगरपालिका–११ स्थित धाइजनकी स्वास्थ्यकर्मी रुपा मैनाली रहेकी छन् ।
उनलाई गएराति आफ्नै घरमा सुतेको अवस्थामा विषालु सर्पले डसेर घाइते बनाएपछि उपचारको लागि चारआली स्थित सर्पदंश उपचार केन्द्रमा लगिएको थियो ।
त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बिर्तामोड लैजादै गर्दा बाटोमा नै मृत्यु भएको मेचीनगर–११ का वडाध्यक्ष रुद्र डाँगीले जानकारी दिए ।
श्रोतका अनुसार २ महिनाअघि पनि मैनालीलाई सर्पले डसेको बताइएको छ ।
Discussion about this post