झापा, १५ साउन । आइतबार विहान ८ः१३ बजेतिर भूइँचालोको धक्का महसुस गरिएको छ ।
खोटाङ मार्टिनबिर्ता रहेको केन्द्रबिन्दु ६ रेक्टर स्केलको भुइँचालो गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पले पूर्वी पहाडी जिल्लामा एक मिनेट ३ सेकेण्डसम्म हल्लाएको भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकबिजय अधिकारीले बताए ।
झापा, मोरङ, धनकुटा, चितवन र भक्तपुरमा पनि कम्पन भएको स्थानीय व्यक्तिहरुले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
पत्रकार आत्माराम राजबंशीले गौरीगञ्जमा घर हल्लिएको बताए । मेचीनगरस्थित लोकतन्त्र पोस्टको कार्यालय रहेको तीन तले भवन पनि कम्पन भएको थियो ।
भक्तपुरका श्याम जोशीले गठ्ठाघर क्षेत्रमा घर हल्लिन थालेपछि मानिसहरु भुइँचालो आयो भन्दै बाहिर सडकमा निस्किएको जानकारी दिएका छन् ।
पूर्वी नेपालमा केन्द्रबिन्दु मानिएको यो भुइँचालोको कम्पन भारतको दार्जीलिङ , सिक्किम र पश्चिम बंगालका अरु जिल्लामा समेत महसुस गरिएको अन्तर्राष्टिय एजेन्सीहरुले जनाएका छन् ।
Discussion about this post