बिर्तामोड, २५ साउन । बिर्तामोड नगरपालिकाले जग्गा वर्गीकरण नहुञ्जेल सम्मका लागि यस अघिको आर्थिक वर्षकै करको दरलाई निरन्तरता दिने भएको छ ।
नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा बुधबार बसेको कार्यपालिकाको बैठकले भू–उपयोग ऐन तथा नियमावली अनुसार नगर क्षेत्रभित्रका जग्गाको ६ महिना भित्र वर्गीकरण गरिसक्नु पर्ने छ ।
सोही अनुसार सम्पति, भूमिकर समायोजन गर्नु पर्ने भएकोले प्राविधिक कठिनाई उत्पन्न हुने हुँदा त्यस अवधि सम्मका लागि अघिल्लो आर्थिक वर्ष २०७८÷०७९ को आर्थिक ऐन अनुसारकै क्षेत्र र दरमा कर संकलन गर्ने निर्णय गरेको हो ।
कार्यपालिकाको बैठकले भूू–उपयोग ऐन तथा नियमावली अनुसार नगर क्षेत्रभित्रका जग्गाहरु आगामी ६ महिना भित्र वर्गीकरण कार्य सम्पन्न गर्ने निर्णय गरेको छ ।
नगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० का लागि आफ्नो क्षेत्रभित्र लगाउने सम्पति कर तथा भूमिकर सम्बन्धी आर्थिक ऐन २०७९ निर्माण गरी कर संकलन सुरु गरेको थियो ।
बढेको कर बुझाईसकेकाहरुको हकमा भने आगामी आर्थिक वर्षमा लाग्ने करमा हिसाव मिलान गर्ने प्रवक्ता अग्निप्रसाद पाण्डेले जानकारी दिए । करको विषयमा विज्ञहरुसँग समन्वय गरी कार्यपालिकामा व्यापक छलफलपछि निर्णयमा पुगीएको उनले बताए ।
Discussion about this post