मेचीनगर, २६ साउन । काँकरभिट्टाको पुरानो भन्सार सडक खण्डमा बसको ठक्करबाट घाइते भएका पैदल यात्री मृत्यु भएको छ ।
विहीबार काँकरभिट्टा स्थित दिव्यज्वोती आँखा अस्पताल अगाडि पूर्वबाट पश्चिम गइरहेको बा. प्र. ०३–००१ ख १६०२ नम्बरको उरिता
बसले मेचीनगर–६ निवासी ४० वर्षीय पैदल यात्री चेतबहादुर फुयललाई ठक्कर दिँदा गम्भीर घाइते भएका थिए ।
ट्राफिक प्रहरीका अनुसार विहान ९ः३० वजे बसले ठक्कर दिएका उनलाई तत्काल वीएण्डसी अस्पताल बिर्तामोड पठाइएको थियो ।
घाइते फुयलको बसको ठक्करबाट टाउकोमा चोट लागेको थियो भने खुट्टा भाचिएको प्रहरीको भनाई छ ।
दिउसो २ वजे घाइते फुयलको मृत्यु भएको ट्राफिक प्रहरी पोष्ट काँकरभिट्टाका प्रमुख एवम प्रहरी नायव निरीक्षक लीलाकुमार श्रेष्ठले बताए ।
Discussion about this post