२ जेष्ठ २०८३, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

रविनजी र म मिलेको देखेपछि काँग्रेसको होस उड्यो : अग्नी खरेल

अशोज ३०, २०७९, ३:५० .आइतवार
0
0
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

।। अर्जुन कार्की ।।

मेचीनगर, ३० असोज । झापा–१ का प्रतिनिधिसभा सदस्य उम्मेद्वार अग्नि खरेलले रविन कोइरालासँग मिलेको देखेर काँग्रेसको होसहवास् उडेको बताएका छन् ।

शनिबार मेचीनगर–१० को खयरडाँगीमा आयोजित उम्मेद्वार भेटघाट कार्यक्रममा बोल्दै खरेलले भने–‘रबिन कमरेड र म मिल्दैनन् भन्ने कांग्रेसहरुको सोच चियो, हामी मिलेको देखेपछि अहिले होसहवास् उडेको छ ।’

नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् झापा इन्चार्ज खरेलले कोइरालाको नाम जिल्लाबाट आफुले नै सर्वसम्मत रुपमा केन्द्रमा सिफारिस गरेको उल्लेख गर्दै भने–‘मेरो पनि २ नं. क्षेत्रबाट नाम गएको हो । तर, पार्टीले मलाई क्षेत्र नं. १ मा र उहाँलाई प्रदेश सभामा पठायो । हामी पार्टीका बफादार सिपाही हौँ । पार्टीले भनेको मान्यौं ।’

उनले कोइराला प्रदेश सरकारको मन्त्री बन्ने बताए ।

आफु गफ गर्ने भन्दा पनि काममा विश्वास गर्ने मान्छे भएको उनले बताए । ‘राम कार्कीजीले दुधको पोका घरघरमा ल्याइदिन्छु, अफ्रिकन सुन्दरीका गाला जस्तो चिल्ला सडक सडक बनाईदिन्छु भनेर म गफ दिन्न’, उनले भने–‘तर हेर्नुहोला म यस क्षेत्रलाई विकासको नमुना बनाएरै छाड्छु, अहिले मलाई विश्वास गर्नुहोस् ।’

उनले एमालेको ९ महिने सरकार हुँदा मनमोहन अधिकारीले १०० रुपैयाँबाट सुरु गरेको वृद्वभत्ता अहिले ४ हजार पुगेको प्रसंग उल्लेख गर्दै बीचमा गठबन्धनले केपी शर्मा ओलीको सरकार नढालेको भए अहिले वृद्वभत्ता ५ हजार रुपैयाँ पुगिसक्ने बताए । वृद्धभत्ता पाँच हजार बनाउन पनि अब एमालेको सरकार गठन हुन आवश्यक रहेको उनको भनाई थियो ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाली कांग्रेसको थांग्रो बनेको टिप्पणी गर्दै नेता खरेलले रुखको सेपमा माओबादी र एकीकृत समाजबादी नफस्टाउने बताए ।

नेता खरेलले प्रधानमन्त्री शेरबहादुर देउवाले अदालतको परमादेशबाट सरकार गठन गरेको जनाउँदै भने–‘भोट माग्न जाँदा किन जनताको घरघरमा जाने, अदालततिर गएर भोट माग्दा भइगयो नि ।’

उनले झापा–१ का मतदाताले विश्वप्रकाश शर्मालाई दुईपटक अस्वीकार गरिसकेको बताउँदै फेरि पनि अस्वीकार गर्ने दावी गरे ।

‘जन्म र मृत्युले के गर्छ भन्ने होइन’, खरेलले भने–‘कस्तो कर्म गर्छ, त्यो कुरा महत्वपूर्ण हो । मैले झापामा नागरिकता लिएको बेला नागरिक बन्ने उमेरै नपुगेका मान्छेले टुरिस्टको हावा कुरा गर्ने ? चुनावमा अरु कुनै फण्डा नभएपछि गठबन्धन हारको मानसिंकतामा पुगिसकेको छ ।’

कार्यक्रममा झापा–१ प्रतिनिधिसभा सदस्यका उम्मेद्वार खरेल, प्रदेश सभाका उम्मेद्वार कोइराला, राप्रपाका नेता हुमनाथ बराल लगायतले बोलेका थिए । राप्रपा नेता बरालले सूर्य चिह्नमा मतदानका लागि सम्पूर्ण राप्रपाका समर्थक, शुभेच्छुक र मतदाताहरुलाई आह्वान गरेका थिए ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्यको समानुपातिक उम्मेद्वार भीम खवास, प्रदेश सभा सदस्यकी उम्मेद्वार अञ्जु प्रसाई, एमाले केन्द्रीय सल्लाहकार विष्णु प्रसाई, प्रदेश सभाका पूर्व सांसद श्रीप्रसाद मैनाली, एमालेका नेताहरु रामचन्द्र उप्रेती, राजु कार्की, देवकुमार राई, राजु पोखरेल लगायतका नेता तथा कार्यकर्ताहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

एमाले मेचीनगर–१० नम्बर वडाका अध्यक्ष बलराम चिमरियाले कार्यक्रमको सञ्चालन गरेका थिए ।

पछिल्लो समाचार

अप्राकृतिक गठबन्धनलाई परास्त गर्न कोइरालाको आग्रह

अघिल्लो समाचार

माओवादी केन्द्रका मेचीनगर इञ्चार्जसहित दर्जनौं नेता एमालेमा समाहित

Related Posts

बाहुनडाँगीमा बजार अनुगमन : बिना दर्ता व्यवसाय सञ्चालन
banner

बाहुनडाँगीमा बजार अनुगमन : बिना दर्ता व्यवसाय सञ्चालन

बैशाख ३१, २०८३, २:४६ .बिहिबार
काँकरभिट्टाकाे एशियन हाइवे गेटकाे बाेर्डमा भ्वाङ्, कस्ले मर्मत गर्ने टुंगाे छैन्
banner -2

काँकरभिट्टाकाे एशियन हाइवे गेटकाे बाेर्डमा भ्वाङ्, कस्ले मर्मत गर्ने टुंगाे छैन्

बैशाख ३०, २०८३, १:३१ .बुधबार
नगरपालिकाको समस्या समाधान गर्न पाँच दलको विज्ञप्ति
banner

मेचीनगरमा एसईई :  सामुदायिक विद्यालयका २ जनाले ल्याए ४ जीपिए

बैशाख २९, २०८३, ९:१० .मङ्लबार
कक्षा १२ को परीक्षा भदौ ३० देखि
banner -1

एसईई नतिजा :  ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

बैशाख २८, २०८३, ४:२५ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.