४ श्रावण २०८२, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

सम्पादकले सोधे झापाका उम्मेद्वारहरुलाई प्रश्न

कार्तिक २, २०७९, ९:४४ .बुधबार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड, २ कार्तिक । झापा–२ को संयुक्त निर्वाचन परिचालन समितिको आयोजनामा सम्पादकसँग उम्मेद्वारहरुको कार्यक्रम सम्पन्न भएको छ ।

बुधवार प्रेस चौतारी झापाको कार्यालयको भवनमा आयोजित कार्यक्रममा झापा–२ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार देवराज घिमिरे, झापा–२ (१) का प्रदेशसभा सदस्य उम्मेद्वार एकराज कार्की र झापा–२ (२) का प्रदेशसभा सदस्य उम्मेद्वार चिन्तन पाठकसँग जिल्लाका सञ्चार माध्यमका सम्पादकसँग अन्तरसम्वाद गरिएको हो ।

नेकपा एमाले र राप्रपाले तालमेल गरी झापामा उम्मेद्वारी दर्ता गरेपछि दुई दलको संयुक्त निर्वाचन परिचालन समिति बनेको थियो । उक्त अन्तरसम्वादमा मन्तब्यको साटो सोझै उम्मेद्वारलाई सम्पादकले प्रश्न राख्ने विधि अपनाइएको थियो । सो कार्यक्रममा पत्रकारको जिज्ञासाको जवाफ उम्मेद्वारहरुले दिएका थिए ।

झापा–२ मा प्रतिनिधि सभा उम्मेदवार घिमिरेलाई आधा दर्जनजति राजनीतिक र निर्वाचन केन्द्रित प्रश्नहरु सोधिएको थियो । यस्तै प्रदेशसभा तर्फका उम्मेद्वारहरु पाठक र कार्कीले त्यति धेरै राजनीतिक प्रश्नको सामना गर्नु परेन । तर कार्कीले एक कार्यकाल सांसद भएर पनि कतिपय प्रतिवद्धता पूरा नगरेको भन्ने सोझो प्रश्नको सामना गर्नुपर्यो । यता पाठकले ‘हारको पर्याय चिन्तन’ हुने त होइन भनी पेचिलो प्रश्न सुन्नु पर्यो ।

महाकाली सन्धीको पक्षमा हस्ताक्षर गर्ने एक पात्रको नाताले तपाईंलाई त्यो गल्तीप्रति आत्मग्लानी भइरहेको छैन भनी एक सम्पादकको प्रश्नमाथि उत्तर दिँदै प्रतिनिधिसभाका उम्मेद्वार घिमिरेले महाकाली सन्धी नेपालको अहितमा नभएको प्रष्ट पारेका थिए । उनले सन्धी गर्दाताका गरिएको सम्झौता पूर्ण कार्यान्वनमा नआएकाले समस्या सिर्जना भएको अर्थ लगाएका थिए ।

एमाले पार्टी अनुशासन र विधिमा चल्ने पार्टी भएको चर्चा गर्दै नेता घिमिरेले अवसरवादीहरुले पार्टी छोड्दा कुनै फरक नपर्ने बताए ।

सो कार्यक्रममा पत्रकारहरुको जिज्ञासाको समाधान गर्दै निवर्तमान प्रदेशसभा सदस्य तथा सोही पदका उम्मेद्वार कार्कीले यसअघि निर्वाचित भएपछि अधिकांश बाचा पूरा गरेको बताए । बजेटको परिधिमा रहेर काम गर्नुपर्ने भएकाले भनेजति काम गर्न नसकिएको हुनसक्छ । तर पनि सो अवधिमा २० करोड रुपैयाँ आफ्नो क्षेत्रमा ल्याएर देखिने किसिमको काम गरेको उनको भनाई छ ।

प्रदेशसभाका अर्का उम्मेदवार चिन्तन पाठकले झापामा स्वतन्त्रको बजार नरहेको जिकिर गरे । आफूलाई हारको पर्यायका रुपमा चित्रित गर्नु असान्दर्भिक भएको भन्दै उनले एकपटक स्थानीय तह चुनावमा हारे पनि यसपटक त्यस्तो नहुने दाबी गरे ।

‘पहिला म टिकट बाँड्ने ठाउँमा थिएँ, कोही खुसी र धेरै रुष्ट पनि थिए । उतिबेलाको सन्दर्भ कोट्याउँदे उनले भने ‘अहिले त्यस्तो अवस्था छैन, पहिला भएका त्रुटीलाई पनि सच्याएर अघि बढेको छु ।’

क्षेत्रीय निर्वाचन परिचालन समितिका संयोजक हरिचरण शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रमको औचित्य माथि एमाले झापा जिल्ला प्रचार तथा प्रकाशन विभाग प्रमुख गोपाल काफ्लेले प्रकाश पारेका थिए ।

सम्पादकसँग उम्मेदवारहरु कार्यक्रम जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा गर्ने तयारी रहेको जनाइएको छ । सो कार्यक्रमको सञ्चालन जिल्ला प्रचार विभागका सचिव प्रदीप परियारले गरेका थिए ।

पछिल्लो समाचार

माओवादी केन्द्रका मेचीनगर इञ्चार्जसहित दर्जनौं नेता एमालेमा समाहित

अघिल्लो समाचार

ओलीले हलोमा र लिङ्देनले सूर्यमा भोट हाल्न निर्देशन

Related Posts

राप्रपा मेचीनगर अध्यक्षमा चन्द्र निरौला सर्वसम्मत
banner

राप्रपा मेचीनगर अध्यक्षमा चन्द्र निरौला सर्वसम्मत

साउन ४, २०८२, ६:२८ .शनिबार
पार्टीभित्र विचार नमिल्नेहरु बाटो तताउँदा हुन्छ : अध्यक्ष लिङ्देन
banner -1

पार्टीभित्र विचार नमिल्नेहरु बाटो तताउँदा हुन्छ : अध्यक्ष लिङ्देन

साउन ४, २०८२, ५:२९ .शनिबार
औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो
box -2

औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो

साउन ३, २०८२, ५:४२ .शुक्रबार
विद्युत कर्मचारीको करेन्ट लागेर मृत्यु
box -3

विद्युत कर्मचारीको करेन्ट लागेर मृत्यु

साउन ३, २०८२, ५:११ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.