६ फाल्गुन २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

बीएन्डसी अस्पतालले सुरु गर्यो आफ्नै स्वास्थ्य बीमा

मंसिर ३, २०७९, ४:३५ .शनिबार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

झापा, ३ मंसिर । बीएन्डसी हस्पिटलमा ‘मेरो बीएन्डसी मेरो जीवन साथी, प्रभु इन्सुरेन्ससँग’ नामक परिवार स्वास्थ्य बीमा कार्यक्रम लागू भएको छ ।

आजदेखि लागू भएको बीएन्डसीको स्वास्थ्य बीमा योजना सरकारको स्वास्थ्य बीमा कार्यक्रमसँग मिल्दोजुल्दो छ ।

बीएन्डसी हस्पिटलका कार्यकारी प्रमुख दुर्गा प्रसाईले आफ्नै स्वास्थ्य बीमा कार्यक्रम लागू गरिएको घोषणा गर्दै चार जनासम्मको परिवारले ६ हजार रुपैयाँ प्रिमियम भुक्तानी गरेपछि ५० हजार रुपैयाँसम्मको स्वास्थ्य उपचार सेवा पाउने व्यवस्था रहेको जानकारी दिएका छन् ।

बीएन्डसी हस्पिटल र प्रभु इन्सुरेन्स लिमिटेडको सहकार्यमा यो बीमा लागू गरिएको हो ।

हस्पिटलका प्रमुख कार्यकारी अधिकृत डा. निराजन प्रसाई र प्रभु इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले शुक्रवार हस्पिटलको सभाहलमा एक कार्यक्रमबीच उक्त बीमा कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।

प्रभु इन्सुरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सञ्चित बज्राचार्यले बज्राचार्यले आर्थिक अभावले कोही पनि उपचारबाट बञ्चित हुन नपरोस् भनेर संयुक्त रुपमा बीमा कार्यक्रम ल्याइएको र यसमा बिमित परिवारका सदस्यले बिना झञ्झट उपचार सेवा पाउने ग्यारेन्टी गरिएको बताए ।

नेपालभर यो बीमा कार्यक्रम लागू हुने तर उपचारका लागि बीएन्डसीमा नै आउनु पर्ने सम्झौतामा उल्लेख छ । बीमा गरेका परिवारका सदस्यले प्रभु इन्सुरेन्सको शाखामार्फत देशभर जहाँसुकैबाट बीमा गर्न पाउने र उपचारका लागि नगद बोकेर अस्पताल जानु नपर्ने ‘क्यासलेस सर्भिस’ उपलब्ध गराइएको प्रभु इन्सुरेन्सका विर्तामोड शाखा प्रमुख नारायण लुइँटेलले जनाए ।

यो बीमा कार्यक्रममा बीमा गराउने, बीमाको पोलिसी दिने र उपचारको रकम भुक्तानी गर्ने आधिकारिक निकाय प्रभु इन्सुरेन्स लिमिटेड रहेको र बीएन्डसी हस्पिटलले अभिकर्ताको रुपमा बीमाका सदस्य बनाउने र बिना झञ्झट उपचार सेवा प्रदान गर्ने हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिश गिरीले बताएका छन् ।

“बीमा गराउने निकाय प्रभु इन्सुरेन्स हुनेछ भने हाम्रो बीएन्डसी उपचार प्रदान गर्ने निकाय हुनेछ,” हस्पिटलका जनसम्पर्क अधिकृत गिरीले बीमा कार्यक्रमका बारेमा जानकारी दिदै भने–“यो बीमा कार्यक्रममा सहभागी परिवारका सदस्यले बीएन्डसीमा उपचार सेवा लिन कतैबाट सिफारिस लिनुपर्दैन र कुनै लाइनमा बस्नु पनि पर्दैन । सीधै हस्पिटल आएर उपचार सेवा लिन सक्नुहुनेछ ।”

बीमा कार्यक्रमको प्रिमियम बुझाएका सदस्यहरुले तीन महिनापछि उपचार सेवा पाउनेछन् । हरेक वर्ष नवीकरण गर्न सकिने व्यवस्था रहेको बताइएको छ ।

बीमा अन्तर्गत बीएन्डसी हस्पिटलको ओपीडी सेवा, इमर्जेन्सी सेवा, अन्तरंग सेवा, प्याथोलोजी सेवा, रेडियोलोजी सेवा र शल्यक्रिया सेवा पाउने व्यवस्था छ । तर, औषधि भने बीमा कार्यक्रमबाट उपलब्ध नहुने गिरीले बताए ।

झापा, इलाम, पाँचथर, ताप्लेजुङ, मोरङ, सुनसरीसहित देशभरबाट आगामी एक वर्षमा एक लाख परिवारलाई ‘मेरो बीएन्डसी मेरो जीवन साथी, प्रभु इन्सुरेन्ससँग’ कार्यक्रमको सदस्य बनाउने लक्ष्य राखिएको उनले बताए । पूर्वाञ्चल क्यान्सर अस्पतालको उपचार सेवा भने यो बीमा कार्यक्रममा समेटिएको छैन ।

हाल बीएन्डसी हस्पिटलमा सरकारको स्वास्थ्य बीमा कार्यक्रम लागू छैन । सरकारी स्वास्थ्य बीमा अन्तर्गत उपचारमा खर्च भएको करोडौं रकमको भुक्तानी दिन स्वास्थ्य बीमा बोर्डले आनाकानी गरेपछि बीएन्डसीले बाध्य भएर सरकारी बीमा कार्यक्रम बन्द गर्नुपरेको हस्पिटलका कार्यकारी प्रमुख दुर्गा प्रसाई बताउँछन् ।

‘आम नागरिकले सिफारिस, लाइन आदिको झञ्झट बेगर बीमाको उपचार सेवा पाउन् सकुन् भनेर हाम्रै परिकल्पना अनुसार यो नयाँ कम्सेप्टको बीमा कार्यक्रम लागू गरेका छौं,’ प्रसाईले भने–‘आशा छ सबै क्षेत्रबाट सकारात्मक सहयोग र सद्भाव प्राप्त हुनेछ । एक वर्षको अनुभवपछि आगामी दिनमा बीमा अन्तर्गत पाउने उपचार सुविधाको दायरा अझ फराकिलो बनाउन हामी लाग्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।’

पछिल्लो समाचार

मौन अवधि र मतदानमा मिडियाको ‘वाच डग’

अघिल्लो समाचार

झापा क्षेत्र नं. १ मा ७२ प्रतिशत मत खस्यो

Related Posts

झापा–५ मा ओलीको प्रतिवद्धता पत्र सार्वजनिक
banner

झापा–५ मा ओलीको प्रतिवद्धता पत्र सार्वजनिक

फाल्गुन ५, २०८२, १:५३ .मङ्लबार
मछिन्द्रले उचाल्याे झापा गाेल्डकपकाे उपाधि
box -1

मछिन्द्रले उचाल्याे झापा गाेल्डकपकाे उपाधि

फाल्गुन ४, २०८२, १:०६ .सोमवार
झापा–१ मा राप्रपाको चुनावी ‘संकल्प पत्र’ सार्वजनिक
banner -2

झापा–१ मा राप्रपाको चुनावी ‘संकल्प पत्र’ सार्वजनिक

फाल्गुन ३, २०८२, १२:५६ .आइतवार
मेचीनगरमा ´मतदाता शिक्षा`का लागि खटिए स्वयंसेविकाहरू
box -3

मेचीनगरमा ´मतदाता शिक्षा`का लागि खटिए स्वयंसेविकाहरू

फाल्गुन ३, २०८२, ३:१८ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.