मेचीनगर, ६ मंसिर । झापा–१ मा प्रदेश सभा सदस्य ‘ख’ मा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार श्यामविर लिम्बुले मतान्तर बढाएका छन् ।
९९०७ मत गनिसक्दा लिम्बुको ३९८९ र राप्रपाको तर्फबाट उम्मेदवार बनेकी सविना बजगाईले ३६२० मत ल्याएका छन् । लिम्बु र बजगाईको मतान्तर रहेको छ ।
यता जनता समाजवादी पार्टीको ढल्केको छाताको २८२, संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चको दापसहितको खुकुरी चिन्हको ५५५, लोकतान्त्रिक समाजवादी पार्टी नेपालको साइकल चिन्हको ३८, राप्रपा नेपालको तीर चिन्हको ९० मत ल्याएका छन् ।
त्यस्तै मंगोल नेशनल अग्रनाइजेशनको कुखुराको भाले चिन्हले ४२६, राष्ट्रिय जनमुक्ति पार्टीको घर चिन्हको ९१, नेपाल संघिय समाजवादी पार्टीको बस चिन्हको ४८ र हिराप्रसाद पोखरेलको स्वतन्त्र चिन्ह जेव्राको २७४ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालय मेचीनगरले जनाएको छ ।
Discussion about this post