मेचीनगर, ७ मंसिर । बुधबार विहान सवा पाँच बजेसम्मको गमतगणना अनुसार नेपाली कांग्रेसका उम्मेद्वार विश्वप्रकाश शर्माले ३१ हजार ११५ मत प्राप्त गरेका छन् ।
गणना भएको ६३ हजार ६४ मतमध्ये शर्मा ११ हजार ६१५ मतले अगाडि छन् ।
नेकपा एमालेका उम्मेदवार अग्निप्रसाद खरेलले १९ हजार ५०० मत पाएका छन् ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ओमनाथ भण्डारीले ६ हजार १२६ मत पाएका छन् ।
बुधवार नै प्रतिनिधिसभा र प्रदेश सभातर्फको मतगणनाको अन्तिम नतिजा आइसक्ने सम्भावना छ ।
Discussion about this post