मेचीनगर, ७ मंसिर । झापा १ को प्रदेश १ मा नेपाली कांग्रेसका उम्मेद्वार गोपाल तामाङ नेकपा एमालेका उम्मेद्वार रबिन कोइरालाभन्दा १ हजार ५९७ मतान्तरले अगाडि बढेका छन् ।
भर्खरै प्राप्त खबर अनुसार तामाङले १२ हजार २७४ मत प्राप्त गरका छन् भने उनको निकट रहेका नेकपा एमालेका कोइरालाले १० हजार ६७७ मत प्राप्त गरेका छन् ।
यस क्षेत्रमा मंगोल नेसनल अर्गनाइजेसनका सागर राईले १६सय मत, जनता समाजबादी पार्टीका मीरा कार्कीले ४३१ मत, लोसपाका गंगालाल राजबंशीले ४३१ मत र मौलिक जरोकिलो पार्टीले १९० मत ल्याएका छन् ।
Discussion about this post