दमक, ७ मंसिर । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली भारी मतान्तरसहित निर्वाचित भएका छन् ।
बुधबार सकिएको मत गणनामा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका खगेन्द्र अधिकारीलाई २८ हजार ३८८ मतान्तरले पराजित गर्दै ओली सांसद बनेका हुन् ।
ओलीले ५१ हजार ६१९ मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी अधिकारीले २३ हजार २३१ मत प्राप्त गरेका छन् ।
Discussion about this post